अर्थात् तेस्रो आँखा

अन‌ि यो पनि

मनको स्वभाव चञ्चल छ। चित्त सधै दुःखको अनुभव गर्छ। तन माध्यम मात्र हो जसको बेग्लै अस्तित्व केही छैन। प्रकृति जड छ। बुद्धि लेखाजोखा जोडघटाउ राम्रो नराम्रो छुट्याउन व्यस्त देखिन्छ। विवेक निर्णयमा स्वतन्त्र जस्तो देखि पनि पूर्वाग्रह रहित भने बन्न सक्तैन। आत्मा निराकार निरन्जन चैतन्य सचितानन्द स्वरुप सबै घटनाको द्रष्टा। परमात्माहरुको समग्रता दिव्य स्वरुप अपरिवर्तनीय छ। चित्त तन इन्द्रीयहरु सङ्ग नजिँकिदै सुखानुभुतिमा लालायित हुन्छ। आँखा राम्रो दृश्य, जिब्रो मिठो स्वाद, छाला नरम मुलायम स्पर्श,नाक सुवास सुगन्ध र कान सुमुधुर स्वर गुञ्जन प्रति आकर्षित हुन्छन्। चित्त शरिर÷तन इन्द्रियहरुलाई माध्यम बनाएर क्षणिक आनन्दानुभुति गर्न उद्धेलित रहन्छ तर टिकिरहन भने सक्तैन।

मानिस भौतिक सान्सरिक दुनियाँमा धन दौलत पद प्रतिष्ठा यश आराम प्राप्त गरेपछि सुख खुसी प्राप्त हुन्छ भन्ने भ्रममा जीवनभर दौड़धूप गर्दा पनि खुसी प्राप्त नहुँदा निराश बन्न बाद्य हुन्छ।खुसीको खोजीमा सिनेमा हल, भट्टी पसल, रमणीय स्थल घूमफिर, साथीसङ्गी सङ्ग गफगाफ भलाकुसारी, भौतिक वस्तुको प्रयोगमा मानिस लालायित हुन्छ तर सबै प्राप्ति समय सङ्गै फिका बन्दै जान्छ। जीवनको उत्तरार्धमा अधिकांश मानिसहरु विगतका कृयाकलाप प्रति खिन्नता ब्यक्त गर्छन्। चित्तको अगाडि बुद्धि बिबेकको पनि केहि जोर चल्दैन। चित्त तन इन्द्रीयहरुमा राज गर्दै न त आफु आनन्दित हुन्छ न त चञ्चल मनको स्थिरतामा सघाउँछ।

आहार बिहार सोच बिचार अनुकुल भइँदिदा चित्त स्थिर बन्दै आत्मा सङ्ग नजिकिन्छ। ज्ञान योग ध्यान प्राणायम सात्विक भोजनले तनको स्वच्छता, मनको स्थिरता र चित्त शुद्धिमा सघाउँछ। इन्द्रियहरुको आशक्ति त्याग्दै जब चित्त आत्मा सङ्ग नजिकिन्छ तब प्रत्याहारको अबस्था आउँछ। इन्द्रिय तन चित्तको सहारा बिना निष्काम अबस्थामा पुग्छन्।इन्द्रियहरु माध्यम मात्र भएकोले चित्त मन बुद्धि बिबेकको अभावमा निरर्थक सावित हुन्छ।तन मन चित्तको बेग्लै अस्तित्व नहुने भएकोले नभड्किएको अबस्थामा आत्मासङ्ग एकाकार बन्न सक्छन्।समुन्द्ररुपि आत्मामा थोपा रुपि तन मन चित्त समाहित हुदा केवल आत्मा मात्र अस्तित्व बोधमा हुन्छ।बास्तबिक रुपमा यो नै योगको अबस्था हो र आत्माको चैतन्य सचितानन्द बोध गर्ने ब्यक्ति योगी कहलाउँछ।

ज्ञान योग ध्यान साधना सात्विक आहार सकरात्मक सोच मानवसेवाबाट तन मन चित्त शुद्दि गर्दै आत्मा बोधको अबस्थामा पुगेपछि मानिसका मनोवैज्ञानिक पिडा सदाको लागि हट्छ। सान्सरिक जीबनमा प्राप्त हुने सुख खुसी भ्रम लाग्न थाल्दछ।सुख खोजि गरिरहने झन्झटबाट मानिस मुक्त हुन्छ र त उ मुक्त पुरुष कहलाउँछ।गिलासबाट पानी झिक्दा गिलासमा हावा भरिन खोजे जस्तै कोरोनाको समय भौतिक सन्सारमा टाढा रहदा मानिसहरु योग ध्यान साधना प्राणायम प्रति सकरात्मक देखिएको पाइन्छ।समय परिबेश बदलिएपछि मानिस पूर्ववतः अबस्थामा फर्किने भएकोले योग ध्यान प्रतिको आकर्षण पनि क्षणिक भएर सान्सरिक सुख प्राप्तिमा परिणत हुन्छ।

आहार बिहार सोच बिचारमा निखरता ल्याउदै योग गुरु पतन्जलीले ब्याख्या गरेका अष्टांग योग अभ्यासमा समर्पित हुदै स्वःअनुशासनबाट इन्द्रियहरु माथि जय प्राप्त गर्न सक्ने हो भने जीबनमा सहजै सुखानुभुति गर्न सकिन्छ। ध्यान योग साधना सात्विक आहारलाई तनको स्वच्छता मनको स्थिर एकाग्रता प्राप्त गर्ने माध्यम मात्र बनाउँदा प्राप्त हुने खुसी पुनस्क्षणिक बन्छ। ज्ञान ध्यान योग साधनालाई दिव्यस्वरुप सचितानन्द चैतन्य बोध गर्ने साधनको रुपमा लिदै आत्मबोधको अन्तरयात्रा तय गर्ने हो भने जीबनका सबै मानशिक दुःखहरु हट्छन् र जीबन अर्थमुलक बन्छ।

नारायण प्रसाद रेग्मी सप्तगण्डकी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हुन् ।

प्रतिकृया

मुख्य समाचार

रोटरीद्वारा बाढी पहिरो पीडितलाई खाद्यान्न तथा भाँडावर्तन सहयोग

चितवन ११ असार । चितवन रोटरी क्लबले लमजुङका बाढी पहिरो पीडि़तलाई खाद्यान्न र भाँडावर्तन सहयोग गरेको छ। क्लबले गत...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया