चितवनका ६ पालिकालाई ५० सेट मेडिकल बेड वितरण

अन‌ि यो पनि

भरतपुर । स्वास्थ्य कार्यालय चितवनले जिल्लाका ६ वटा पालिकालाई बिहिबार ५० सेट मेडिकल बेड वितरण गरेको छ । कोरोना संक्रमितलाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्नका लागि तन्ना, कम्बल र सिरानीसहित ५० सेट मेडिकल बेड वितरण गरिएको हो ।

पालिकाहरुले निर्माण गर्ने अक्सिजनसहितको आइसोलेसन केन्द्रका लागि मेडिकल बेड दिइएको स्वास्थ्य कार्यालय चितवनका प्रशासकिय अधिकृत शिव शर्मा पौडेलले बताए । उनका अनुसार भरतपुर महानगरलाई २५ सेट र रत्ननगर, माडी, खैरहनी, राप्ती र कालिका नगरपालिकालाई पाँच/पाँच सेट मेडिकल बेड वितरण गरिएको हो ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि पालिकाहरुले मेडिकल बेड माग गरेका थिए । संघीय सरकारले उपलब्ध गराएको मेडिकल बेडहरु स्वास्थ्य कार्यालयले एक कार्यक्रमका बीच पालिकाहरुलाई वितरण गरेको हो ।

मेडिकल बेड वितरण कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा लगायतको उपस्थिती थियो ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया