निउरो टिप्न गएकी महिलालाई गैंडाको आक्रमण

अन‌ि यो पनि

भरतपुर । टिकौली जंगलमा निउरो टिप्न गएकी एक महिलालाई गैंडाले आक्रमण गरेको छ । गैंडाको आक्रमणबाट भरतपुर महानगरपालिका–१२ की २६ बर्षीय अस्मिता तामाङ घाइते भएकी जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

आज (बिहिबार) दिउँसो १ : १५ बजेको समयमा जंगलभित्रको राइनो ताल नजिकै निउरो टिप्न जाँदा तामाङलाई गैंडाले आक्रमण गरेको चितवन प्रहरी प्रवक्ता सरोज गिरीले बताए ।

गैंडाको आक्रमणबाट घाइते भएकी तामाङलाई प्रहरी चौकी गोन्द्राङबाट खटिएको टोलीले उद्दार गरेको हो । तामाङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया