निजी अस्पतालले भने–तत्काल अक्सिजन प्लाण्ट राख्न सकिँदैन

अन‌ि यो पनि

भरतपुर । चितवनका निजी अस्पतालहरुले सरकारले भने जसरी तत्काल अक्सिजन प्लाण्ट राख्न नसकिने बताएका छन् । अक्सिजन प्लाण्टका सामग्रीहरु भारत अथवा तेस्रो मुलुकबाट ल्याउनुपर्ने बाध्यताका कारण १५ दिनभित्र अक्सिजन प्लाण्ट जडान गर्ने कुरा सम्भव नरहेको उनीहरुको तर्क छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार सय भन्दा बढी बेड भएका निजी अस्पतालहरुलाई १५ दिनभित्र अक्सिजन प्लाण्ट जडान गर्न निर्देशन दिएको थियो । चितवनमा सय भन्दा बढी बेड भएका र अक्सिजन प्लाण्ट नभएका तीन वटा निजी अस्पताल छन् ।

पाँच सय बेड क्षमताको पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्स), १५० बेड क्षमताको नारायणी सामुदायिक अस्पताल र सय बेड क्षमताको मनकामना अस्पतालमा अक्सिजन प्लाण्ट छैन । यी अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेका छन् । निजी अस्पताल समन्वय समिति अन्तर्गत नारायणी सामुदायिक र मनकामनासहित २० वटा साना अस्पताल आबद्ध छन् ।

पुरानो मेडिकल कलेजका जनसम्पर्क अधिकृत दुर्गा प्रसाद शर्माले १५ दिनभित्र अक्सिजन प्लाण्ट राख्न सम्भव नरहेको बताए । ‘सरकारले भनेजस्तो सहज छैन अक्सिजन प्लाण्ट राख्न’, उनले भने, ‘प्लाण्ट राख्न त्यसको उपकरण आउनुप¥यो । मेनपावर हुनप¥यो । सामान ल्याउनका लागि अहिले त यातायात पनि सहज छैन ।’

पुरानो मेडिकल कलेजमा अहिलेसम्म अक्सिजनको अभाव नभएको उनले बताए । कलेजले गैंडाकोटस्थित सिद्धिविनायक अक्सिजन उद्योगबाट अक्सिजन ल्याएर संक्रमितको उपचार गरिरहेको छ । यहाँ दैनिक ३५० सिलिण्डर अक्सिजनसम्म खपत भइरहेको उनले बताए ।

निजी अस्पताल समन्वय समिति चितवनका सचिव विक्रम अधिकारीले पनि १५ दिनभित्र अक्सिजन प्लाण्ट राख्न सरकारले दिएको निर्देशन कार्यान्वयन गर्न नसकिने बताए । प्लाण्टको लागि चाहिने सामग्रीहरु भारत अथवा जर्मनीबाट ल्याउनुपर्ने भन्दै उनले भारत आफै अक्सिजन अभावमा फसेकाले त्यो सम्भव नभएको बताए ।

‘भारत आफै फसेको छ । त्यहाँबाट अक्सिजन प्लाण्डका सामग्री ल्याउने सम्भावना छैन’, उनले भने, ‘सरकारले विमान चार्टड गरेर जर्मनी पठाएमात्रै सामग्री ल्याउन सक्छौँ । सामग्री ल्याएर मात्रै पनि हुँदैन । हामीसंग त्यसको पर्याप्त जनशक्ति पनि छैन ।’

दैनिक ५० सिलिण्डर अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लाण्ट स्थापना गर्न डेढ करोड भन्दा बढी लाग्ने उनी बताउँछन् । कोरोना संक्रमितको उपचारलाई प्रभावकारी बनाउन ठूला अस्पतालमा मात्रै संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउनुपर्ने उनको धारणा छ ।

महामारीको अवधिसम्मको लागि साना निजी अस्पतालले नै ननकोभिडका विरामीलाई सरकारी अस्पतालले लिने शुल्क अनुसार उपचार गराउन सक्ने उनले बताए । उनका अनुसार निजी अस्पताल समन्वय समिति अन्तर्गत २० वटा अस्पताल छन् । ती अस्पतालमा ८५० वटा बेड छन् ।

प्रतिकृया

मुख्य समाचार

कांग्रेस चितवनमा अधिवेशनको चहलपहल सुरू

भरतपुर । नेपाली कांग्रेसको चौधौैँ महाधिवेशनका लागि वडा तहबाट सुरू हुने अधिवेशनको चहलपहल सुरू भएको छ । जिल्लाका नेताहरुले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया