लकडाउनका कारण तरबुजा खेती गर्ने किसान समस्यामा

अन‌ि यो पनि

भीमनगर । अहिले तरबुजा बिक्री गर्ने बेला भयो । पहिला व्यापारी खेतमै आउँथे । अहिले बोलाउँदा पनि आउन मान्दैनन् । लकडाउनका कारण हाट बजार बन्द छ ।

खेतको उत्पादन बजारसम्म पु¥याउन सकिएको छैन । यस्तै अवस्था रहने हो भने कुहिएको उत्पादन खेतमै पुर्नुको विकल्प रहँदैन । भरतपुर महानगरपालिका वडा नम्बर २५ का कृष्णप्रसाद न्यौपानेको दुखेसो हो यो । उनले भरतपुर–२०, फलेनीगाउँ परिचचोकमा १० विगाह जमिनमा तरबुजा खेती गरेका छन् । उनले लगभग १ करोड लगानी गरिसकेका छन् । अहिले आम्दानी आउने बेला हो ।

लकडाउनले आवागमन रोकिँदा उनको उत्पादन खेतमै थन्किएको छ । लकडाउनले उनको आम्दानी पनि रोकिएको छ । उनलाई लगानी डुब्ने चिन्ता छ । खेतमा लगाएको तरबुजा बजारमा जानुपर्ने बेला भए पनि लकडाउनका कारणा व्यापारी पुग्न सकेका छैनन् ।

उनी विगत ४ वर्षदेखि तरबुजा खेती गरीरहेका छन ।चैतको अन्तिम सातादेखि तरबुजा बेच्न थाल्छन् । मौसम अनुकुल भएमा जेठ महिनासम्म उनीहरु तरबुजा बिक्री गर्छन् । असारमा खेतमा धान रोप्नुपर्ने हुँदा बिक्री नभएको खण्डमा बारीमै जोत्नुपर्ने बाध्यता रहेको उनले बताए ।

आम्दानी राम्रै थियो । यसपटक लकडाउनले बरबादै बनायो उनले भने, ‘खेतको तरबुजा बजारसम्म पुग्ने सहज अवस्था छैन । व्यापारीलाई बोलाउँदा आउनै मान्दैन । यति धेरै उत्पादन कहाँ गएर बेच्नु ?’

‘अहिले समय अनुकूल भइदिएको भए तरबुजा किन्न आउने व्यापारीको गाडीले यहाँ भरिएको हुन्थ्यो’, उनले भने, ‘अहिले सुनसान छ ।’ ‘खेती गर्न सरकारले सहयोग गर्दैन, ’उनले भने, ‘हाम्रो उत्पादन बजारसम्म पु¥याउने वातावरण बनाइदिए राहत पुग्छ ।’

छोटो समयमै उत्पादन दिने र खेती गर्न सजिलो हुने भएकोले पछिल्लो समय चितवनका किसानले व्यावसायिक तरबुजा खेती गर्दै आएका छन । प्रायः गर्मी मौसममा उत्पादन र बिक्री हुने तरबुजा खेती बेमौसममा समेत बजार नपाउँदा बारीमै कुहिन थालेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमले भएको लकडाउनका कारण तरबुजाको बिक्री हुने समय ठप्पै हुँदा किसानले लाखौँ लगानी नोक्सानी बेहोर्दै आएका छन् । उत्पादन भएको छोटो समयमै बिक्री गर्नुपर्ने र यसका लागि शीतभण्डारसमेत नहुँदा उनीहरूको उत्पादन खेर गएको हो ।

बेमौसममा उत्पादन भए पनि ठूला होटलमा फ्रुट सलाद र जुसको रुपमा तरबुजाको पनि प्रयोग हुने गर्छ । होटल सञ्चालन नहुँदा यसको बजार ठप्प भएको उनले बताए । ‘बारीमै कुहाउनुभन्दा लागत मूल्यमात्रै उठाउने सोचका साथ प्रतिकिलो ३० रुपैयाँमा बिक्री गर्दैछु ।’ भनले भने, ‘स्थानीय ग्राहकले मात्र खपत गरेरमात्र पुग्दैन,’

लामो समय वैदेशिक रोजगारीमा विदेशको श्रम गरेर आएका न्यौपानेले विदेशमा गरिने मेहेनत आफ्नै देशमा त्यत्तिकै मेहेनत गर्दा विदेशको भन्दा राम्रो कमाइ हुने आसले आयमूलक मौसमी खेती गरिआएका छन् ।

१० वर्षदेखि तरकारी तथा फलपुल खेतीमा जमेका न्यौपाने केही वर्षको साउदी अर्बको बसाइ छोट्याउँदै तरकारी तथा फलफूल खेतीबाट गाउँका धेरैको राम्रै भएको देख्दा उनी यतै मोडिए । मेहनत गरे गाउँमै त्यत्ति कमाइ हुने देखेपछि उनी तरकारी तथा फलफूल खेती सुरु गरे ।

उनले सिजनमा ४५/५० जनालाइ ज्यालादारी रूपमा रोजगारी दिने गरेका छन् । विगाहको वार्षिक ४० हजार तिरेर जग्गा लिजमा लिएको उनले बताए । भैपरिआउने प्राकृतिक विपत्तिहरू असिना–पानी, हावा–हुरी, रोग–व्याधि नै व्यावसायिक कृषिकर्मका चुनौतीहरु रहेको बताउँदै उनले समयले साथ दिँदा मासिक ७–८ लाख कमाइ भइरहेको बताए ।

आजसम्म उनले कतैबाट अनुदान पाएका छैनन् । अनुदान धाउनेले मात्र पाउने गरेको बताउँदै उनले अनुदानको निम्ति कहिल्यै प्रयास नगरेको बताए । नेपाली उत्पादनले बजार नपाए पनि भारतीय तरबुजा भित्रिन छाडेको छैन । नेपाली उत्पादनको तुलनामा भारतीय उत्पादन सस्तो हुनुले पनि बजारमा प्रतिस्पर्धा गर्न नसकेको हो ।

भारतीय उत्पादनलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई प्राथमिकता दिए पनि अपेक्षाअनुसार बिक्री नहँुदा किसानले घाटा बेहोर्नु परेको उनको भनाइ छ । उनका अनुसार बजारको ग्यारेन्टी र शीतभण्डारको अभाव हुँदा तरबुजा जस्ता फलफूल उत्पादन बारीमै खेर जाने गरेको उनले बताए ।

सरकारले मल, बीउदेखि उत्पादनको हरेक क्षेत्रमा सहजीकरण सहुलियतको व्यवस्था गरिदिए भारतीय उत्पादनको भर पर्नु नपर्ने उनको भनाइ छ ।

 

 

प्रतिकृया

मुख्य समाचार

नेपालका लागि राहत सङ्कलन गर्न बेलायती अभिनेताले थाले मौन अभियान

लन्डन । अभिनेता, टेलिभिजन प्रस्तोता एवं लेखकका सुपरिचित बेलायती नागरिक ब्रायन ब्लेस्डले नेपालमा कोभिड रोकथाम र नियन्त्रणमा सहयोग पुगोस्...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया