चितवनलाई आइसोलेसनको लागि ५० वटा बेड

अन‌ि यो पनि

चितवन ३० वैशाख । वागमती प्रदेश सरकारको पहलमा संघीय सरकारबाट चितवनलाई आइसोलेसनको लागि ५० बेड उपलब्ध गराएको छ। कोरोना भाइरस संक्रमितको संख्या घट्नुको सट्टा झन् बढ्दै गएपछि स्वास्थ्य कार्यालय चितवनले प्रदेश सरकारसँग आइसोलेसनको लागि बेड माग गरेको थियो। प्रदेशबाट पनि केन्द्रसम्म पहल गरेर बेड प्राप्त गराएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

ती बेड भरतपुर महानगरपालिकाभित्र २० र चितवनका अन्य सबै स्थानीय तहमा पाँच पाँच वटाको दरले वितरण गरिने कार्यालयकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्। ‘हाललाई भरतपुरमा २० र अन्य स्थानीय तहमा पाँच पाँच वटा बेड दिने भन्ने कुरा भए पनि आवश्यकता जहाँ पर्छ त्यहाँ बढी प्राथमिकता दिने भन्ने कुरो छ,’ उनले भनिन्। स्वास्थ्य मन्त्रालयले सबै स्थानीय तहले आवश्यकताअनुसारको आइसोलेसन बनाउन निर्देशन दिएपछि स्थानीय तहले पनि सोही अनुसार आइसोलेसन तयार गरिरहेका छन्।

कोरोना भाइरस संक्रमितले चितवनका अस्पताल भरिएका समाचार बाहिर आउँदै गर्दा केन्द्र र प्रदेश सरकारले देखाएको यो सहयोगले उपचार सेवामा थप आशा जगाएको छ। स्थानीय तहले सञ्चालन गरिसकेको आइसोलेसनमा स्वास्थ्य कार्यालयबाट वितरण हुने बेड थप हुनेछ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

मुख्य समाचार

गण्डकीको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी, २९ जेठ(रासस) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले...