दानामा ठगी गर्ने वेलहोपविरुद्ध मुद्दा दर्ता गर्ने तयारी

अन‌ि यो पनि

भरतपुर । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले कुखुराको दानामा ठगी गर्ने नेपाल वेलहोप एग्रिटेक प्रालिविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ । निषेधाज्ञा खुल्नेबित्तिकै उद्योगीसँग बयान लिएर चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिने कार्यालयले जनाएको छ ।

भरतपुर महानगरपालिका–५ स्थित वेलहोपले तोकिएकोभन्दा चार किलोसम्म कम तौलको कुखुराको दाना बिक्री वितरण गर्ने गरेको पाइएको थियो । भरतपुर महानगरपालिका–२३ का कुखुरा पालक व्यवसायी मनोजकुमार बोहराले वैशाख १२ गते खरिद गरेको वेलहोपको उत्पादन विजय पेलेट दानाको ५० किलोको बोरामा ४६ किलोमात्रै भेटिएको थियो ।

निषेधाज्ञाका कारण मुद्दा दर्ता गर्न केही ढिलाइ भएको गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका प्रमुख शशिभूषण कुमार यादवले बताए । ‘ठगिएका व्यवसायीलाई क्षतिपूर्तिसमेत दिनुपर्ने माग गरेर मुद्दा दर्ता गर्ने तयारीमा छौँ । निषेधाज्ञा खुल्नेबित्तिकै उद्योगीको बयान लिएर अदालतमा मुद्दा दर्ता गर्छौँ’, उनले भने ।

बयानका लागि निषेधाज्ञा खुलेको तीन दिनभित्र कार्यालयमा उपस्थित हुन उद्योगीलाई भनिएको उनले बताए । नाम चलेका उद्योगी सुरेश वैद्यको समेत ५० प्रतिशत लगानी रहेको चिनियाँ कम्पनी वेलहोपले पटक–पटक मापदण्डविपरीत कार्य गर्दै आएको छ ।

व्यवसायी बोहराले खरिद गरेको ३० वटा दानाको बोरामा कम तौल भेटिएपछि वेलहोपको ठगी काण्ड बाहिर आएको हो । ५० किलो हुनुपर्नेमा ४६ किलोमात्रै पाइएपछि बोहराले स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको रोहवरमा दानाको तौल गरेका थिए ।

वैशाख १४ गते नापतौल विभागले उद्योगको अनुगमन गरी तत्कालै तीन लाख रुपैयाँ जरिवाना तिराएको थियो । वैशाख १९ गते गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जको टोली आएर दानाको मुचुल्का उठाएर गएको हो ।

विगत दुई वर्षदेखि वेलहोपको दाना प्रयोग गर्दै आएको बोहराले बताए । ‘यसअघि कामदारहरुले नै कुखुरालाई दाना खुवाउने गर्थे । निषेधाज्ञा लागेपछि म आफैँले गर्नुपर्ने भएकाले दानाको तौल कम भएजस्तो लाग्यो । त्यसपछि दानाको बोरा जोख्दा नभन्दै कम रहेछ’, उनले भने ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया