लागूऔषधसहित एक युवक पक्राउ  

अन‌ि यो पनि

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका ४ गैँडाआहालस्थित गस्तीमा खटिएको प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले ना ४६ प ८१२३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलका चालक कालिका ८ न्युरेनीका २५ वर्षीय विनोद चेपाङलाई पक्राउ गरेको हो ।

निजको साथबाट लागूऔषध डाइजेपाम ३१ एम्पुल, व्युप्रिनर्फिन ३१ एम्पुल, फेनारगन ३१ एम्पुल गरी कुल ९३ थान लागूऔषध फेला पारी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता प्रनाउ सरोज गिरीले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया