स्वास्थ्य संकटकाल घोषणा गर्न एमालेको आग्रह

अन‌ि यो पनि

चितवन । दोस्रो लहरको कोभिड–१९ का कारण दिनहुँ संक्रमित हुने र मृत्यु हुनेको संख्यामा वृद्धि भइरहेकाले कोरानाको संक्रमणबाट जोगिन नेपाल कम्युनिस्ट पार्टी (एमाले चितवनले आमनागरिकमा अपिल गरेको छ ।

तीव्र संक्रामकको रुपमा देखा परेको महामारी नियन्त्रण हुन नसके भयाभह स्थिति आउनसक्ने भएकले देशमा स्वास्थ्य संकटकालको घोषणा गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न र स्थानीय तहमा सोही बमोजिमको अतिरिक्त बजेटको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ ।

एमाले चितवनका अध्यक्ष पार्वती रावल र सचिव शैलेस खनालद्वारा जारी विज्ञप्तिमा दोस्रो लहरको कोरोनाको चेनलाई ब्रेक गर्न सरकारले निषेधाज्ञा जारी गरेको स्मरण गर्दै यस महामारीबाट आमजनतालाई जोगाउन जारी निषेधाज्ञामा थप कडाइ गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ ।

यस्तै, दोस्रो लहरको कोरोना भाइसबाट संक्रमितलाई पर्याप्त मात्रामा अक्सिजन आवश्यक पर्ने देखिएकोले अक्सिजनको सहज उपलब्धतामा ध्यान दिन, सरकारी अस्पतालको क्षमता वृद्धि गरी संक्रमितको उपचारमा सहजता ल्याउन तथा निजी अस्पतालहरुले पनि संक्रमितको उपचारप्रति संवेदनशील हुन नेकपा (एमाले)ले अनुरोध गरेको छ ।

साथै, संकटको फाइदा उठाउँदै बजारमा स्वास्थ्यलगायतका दैनिक उपभोग्य वस्तुमा कृत्रिम अभाव देखिएको हुँदा तुरुन्त अनुगमन गरी कालोबजारी नियन्त्रणमा ध्यान दिन पनि स्थानीय प्रशासनसँग माग गरेको छ ।

 

प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया