कोरोनाकालमा चेपाङको पीडा : उपचार भयो, पैसा भएन

अन‌ि यो पनि

चितवन, २९ वैशाख । सबैतिर कोरोना भाइरस संक्रमणको जोखिमले त्राहिमाम भइरहेका बेला कालिका नगरपालिका वडा नं १० सिद्धिका समर्पण चेपाङ (हरि) भने अर्कै समस्यासँग जुधिरहेका छन् ।

बाख्रा चराउन गएका आमा र हजुरआमाको पछि लागेर गएका चार वर्षीय छोरो प्रिन्सलाई ढुंगाले लागेर घाइते भएपछि उनीहरु उपचारका लागि भरतपुर आएका छन् ।

उनीहरुलाई कोरोनाको डरभन्दा पनि छोराको उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता ठूलो बनेको छ । छोराको उपचार गर्न आएका हरि विगत आठ दिनदेखि कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा छन् ।

योराइलिङ भीरमा माथिबाट आएको ढुंगाले लाग्दा ढुंगासँगै गुल्टिएर करिब २० मिटर तल पुगेको बुबा हरिले बताए । छोराको उपचार सम्भव भए पनि अस्पतालमा बुझाउनुपर्ने शुल्क बराबरको पैसा जुटाउन नसक्दा समस्या थपिएको उनले बताए ।

बिहीबार अस्पतालले बिदा दिने भने पनि पैसा जुटाउन नसक्दा के गर्ने भन्ने चिन्ता थपिएको उनले बताए । उनका अनुसार अस्पतालमा उठेको शुल्कमध्ये जम्मा ६० हजार रुपैयाँ तिरे पनि अझै एकलाख ६८ हजार ४३५ रुपैयाँ बाँकी रहेको उनको भनाइ छ । यस्तै फार्मेसीमा पनि २० हजार रुपैयाँ तिरे पनि ४८ हजार २३० रुपैयाँ बाँकी रहेको उनले बताए ।

अस्पताल र फार्मेसीमा गरी दुई लाख १६ हजार ६६५ रुपैयाँ बुझाउन बाँकी छ । परिवारको आर्थिक अवस्था ज्यादै कमजोर भएकोले आर्थिक समस्या परेको आफन्त डिल्लीराम चेपाङले बताए ।

‘कोरोना संक्रमितको उपचार गर्नको लागि ठाउँ खाली गर्नुपर्ने भएकोले अस्पतालले घर पठाउने भनिसकेको छ,’ उनले भने, ‘तर, अस्पतालमा बुझाउने पैसा नहुँदा अन्यौलमा छौँ ।’ कतैबाट सहयोग रकम जुटाउन सके चेपाङ परिवारले समयमै घर फर्किन पाउने आशा रहेको उनले बताए ।

 

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया