निषेधाज्ञा उल्लंघन गर्ने २२५ जना तथा ४१९ सवारी साधनलाई कारबाही

अन‌ि यो पनि

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले मंगलबार निषेधाज्ञा उल्लंघन गर्ने २२५ जनालाई होल्ड कारबाही गरेको छ ।

निषेधाज्ञा उल्लंघन गर्नेमा १३९ पुरुष र ८६ जना महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिए ।

प्रनाउ गिरीका अनुसार मंगलबार दिनभरमा ४०१ मोटरसाइकल तथा स्कुटर र १८ अन्य सवारी साधन गरी ४१९ सवारी साधन तथा निषेधाज्ञा उल्लंघन गरी पसल सञ्चालन गर्ने ३६ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।

जसबाट १ लाख ७२ हजार ५०० रुपैयाँ जरिवानास्वरुप राजस्व संकलन भएको उनले जानकारी दिए ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया