कोरोना नियन्त्रणका लागि सबै एक हुनुपर्छ : अध्यक्ष दाहाल

अन‌ि यो पनि

चितवन, २८ वैशाख (रासस) । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कोरोना भाइरस नियन्त्रणका लागि सबै एक भएर लाग्नुपर्ने बताएका छन् । केटिबी एड्भरटाइजिङ एजेन्सी, चितवनले प्रकाशित गरेको कोभिड–१९ विशेष बिजनेश म्यागाजिनको आज मंगलबार भर्चुअल माध्यमबाट विमोचन गर्दै उनले सबै क्षेत्र कोभिडविरुद्ध जुट्नुपर्ने बेला आएको बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विगतका वर्षमा महानगरले कोभिड न्यूनीकरणका लागि उल्लेख्य काम गरेको भन्दै अहिले पनि महानगर उत्तिकै गम्भीर भएर काम गरिरहेको बताइन् ।

पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारी, चितवन उद्योग सङ्घका अध्यक्ष राजु पौडेल, चेम्बर अफ कमर्स, चितवनका अध्यक्ष दीर्घमान श्रेष्ठ, एजेन्सीका अध्यक्ष किशोरचन्द्र सापकोटालगायतले बोलेका थिए ।

म्यागाजिनका सम्पादक सूर्यप्रसाद अधिकारीले गत वर्षको कोभिडका विषय अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । म्यागाजिनमा समग्र देशको प्रतिनिधित्व हुनेगरी चितवनका शिक्षा, स्वास्थ्य, उद्योग, कृषि पर्यटन विकास निर्माणलगायत क्षेत्रहरूमा कोभिडले पारेको असर, चुनौती र सम्भावनालाई उजागर गर्ने प्रयास गरिएको उनको भनाइ थियो । ११२ पृष्ठ लामो रङ्गीन यस म्यागाजिनमा कोभिड–१९ को समयको शुरुआती समय, मध्यम समय र मत्थर भइसकेको अवस्थालाई मिहीन रुपमा केलाएर चित्रण गर्ने प्रयास गरिएको छ ।

प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया