इच्छाकामनामा १७ सिलिन्डरसहित १९ बेडको आइसोलेसन तयार

अन‌ि यो पनि


इच्छाकामना, २८ वैशाख । इच्छाकामना गाउँपालिकाले १९ शय्याको आइसोलेसन तयार पारेको छ। कोरोना संक्रमितमको संख्या तीव्र गतिमा बढ्दै गएपछि स्थानीयको उपचारमा सहज होस् भनेर उक्त आइसोलेसनमा १७ सिलिन्डर अक्सिजनसमेत तयार रहेको गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरूङले जानकारी दिइन्।

गाउँपालिकाले कोरोना संक्रमितमको लागि एम्बुलेन्सको समेत व्यवस्था मिलाइएको उनले बताइन्। गाउँपालिकाभित्रै आइसोलेसन बनिसकेको हुँदा स्वास्थ्य सम्बन्धि कुनै समस्या परेमा ९८५५०४६३२७ (बासु सापकोटा) र ९८४८१५२२३२ (हरि देवकोटा) लाई सम्पर्क गर्न सकिने उनले बताइन्।

जिल्लाकै एकमात्र गाउँपालिका इच्छाकामनामा हालसम्म ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक जनाले ज्यान गुमाएका छन् भने २० जना सक्रिय संक्रमित छन्। सक्रिय संक्रमितहरु दुई जना अस्पतालमा र १८ जना होम आइसोलेसनमा रहेका स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया