अन्तर्राष्ट्रिय कार्यशाला
भरतपुर । ढुसीजन्य जैविक विषादीको उत्पादन र प्रयोगका विषयमा सोमबारदेखि अन्तर्राष्ट्रिय कार्यशाला गोष्ठी भरतपुरमा सुरू भएको छ । गोष्ठीमा कम्बोडिया, बंगलादेश, केन्या, होन्डुरस, तान्जेनियालगायतका विकासोन्मुख देशका वैज्ञानिकहरुको सहभागिता रहेको छ ।
विषादीको विकल्पमा ढुसीजन्य जैविक विषादीको कसरी प्रयोग बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित हुने नार्कका निर्देशक रामबहादुर केसीले बताउनुभयो । अमेरीका, भारत र नेपालका वैज्ञानिकहरु स्रोत व्यक्तिका रुपमा कार्यक्रममा सहभागी छन् ।
Discussion about this post