आमा…

अन‌ि यो पनि

पाइला चाल्न सिकायौ तिमीले
जीवनको पहिलो पाठ सिकायौ तिमीले
छातीभित्र पीडा लुकाई हाँस्न सिकायौ तिमीले

माया र ममता बाँड्न सिकायौ तिमीले
मनको उज्यालो छरेर हिँड्न सिकायौ तिमीले
सुखमा नमात्तिकन दुःखसँग लड्न सिकायौ तिमीले

भाग्य आफैँ कोर्न सिकायौ तिमीले
संघर्षमा पर्दा जिउन सिकायौ तिमीले
वर्तमानलाई हेरेर अघि बढ्न सिकायौ तिमीले

कोलाहलको भीड छल्न सिकायौ तिमीले
स्वार्थीहरूको माझमा बाँच्न सिकायौ तिमीले
जिन्दगीको अर्थ बुझाई अघि बढ्न सिकायौ तिमीले

प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया