नेपालमा थप ९२७१ जनामा कोरोना पुष्टि, एकैदिन १३९ जनाको निधन

अन‌ि यो पनि

काठमाडौँ । नेपालमा सोमबार थप ९२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गत चौबीसघन्टामा १७ हजार ६२३ जनाको पिसिआर परीक्षणका क्रममा ९११७ जना र एन्टिजोन परीक्षणमा ७८८ गरी ९२७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपालमा थप १३९ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । यसमा नेपाली सेनाले गरेको शव व्यवस्थापनको तथ्यांकसमेत समावेश गरिएको मन्त्रालयको भनाइ छ । यसैबीच, आइतबार ८८ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ३८५९ पुगेको छ ।

यसैगरी, पछिल्लो चौबीसघन्टामा ४००७ जना संक्रमणमुक्त भएका छन् । योसहित हालसम्म ७५. ९८ प्रतिशत अर्थात् ३ लाख ६ हजार ७९४ जना संक्रमणमुक्त रहेको मन्त्रालयले जनाएको छ । सोमबारसम्म देशभर ९३ हजार १४१ जना सक्रिय संक्रमित रहेका छन् ।

जसमध्ये ६७१५ जना संस्थागत आइसोलेसन र ५६ हजार ४२६ जना होम आइसोलेसनमा रहेका छन् । यस्तै, आइसियूमा उपचाररत ९१० जना र २९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको जानकारीअनुसार देशभरका क्वारेन्टाइनमा ४२७ जना रहेका छन् ।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया