चितवनका अस्पतालहरुमा अक्सिजनको खपत निकै बढ्यो

अन‌ि यो पनि

 

भरतपुर, बैशाख २८ । चितवनका अस्पतालहरुमा सामान्य अवस्थामा भन्दा निकै बढी अक्सिजनको खपत हुन थालेको छ ।‘पहिले पाँच केजी प्रतिघन्टाको चापमा अक्सिजन दिए पनि पुग्थ्यो भने अहिले ५० केजी प्रतिघन्टाको चापमा अक्सिजन दिनुपरेको छ, त्यति नदिए बिरामीलाई अक्सिजन नपुगेको अनुभव भएको छ,’ भरतपुर अस्पतालका इञ्जिनियर चन्द्रमणि बस्यालले बताए।

२४ घन्टामा ७५ वटा सिलिन्डर अक्सिजन उत्पादन गराउँदै आएको भरतपुर अस्पतालले आफ्नो उत्पादनले नपुगेर बाहिरबाट ५० वटा सिलिन्डर खरिद गरेको छ ।

कारोना भाइरसको संक्रमण आउनुभन्दा पहिले भरतपुर अस्पतालको अक्सिजन प्लान्ट २४ घन्टामा दुई घन्टा बन्द गर्ने गरे पनि हालको अवस्थामा २४ सै घन्टा चलिरहेको भरतपुर अस्पतालका इञ्जिनियर बस्यालले जानकारी दिए ।अस्पतालमा भर्ना भएका करिब ७० प्रतिशत बिरामीलाई अक्सिजनको प्रयोग अनिवार्य जस्तै भएको उनले बताए ।

कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज अस्पताल)मा पनि अक्सिजनको माग र खपत सामान्य अवस्थामा भन्दा तीन गुणाले बढेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा दैनिक ७० देखि १०० वटा सिलिन्डर अक्सिजनको खपत हुँदै आएकोमा हाललाई २८० देखि ३०० वटा सिलिन्डर दैनिक खपत भइरहेको अस्पतालका जनसम्पर्क विभाग प्रमुख दुर्गा न्यौपानेले जानकारी दिए ।

अस्पतालको आफ्नै प्लान्ट नभए पनि गैँडाकोटमा रहेको सिद्धिविनायक अक्सिजन उद्योगले अक्सिजनको व्यवस्था गरेको छ । ‘यतिखेर अस्पताल भर्ना भएका करिब ८५ प्रतिशत संक्रमितलाई अक्सिजन आवश्यक परेको छ,’ उनले भने ।अस्पताल भर्ना भएका संक्रमित समयमै निको नभए अक्सिजनभन्दा पनि बेड नपाउने चिन्ता बढ्दै गएको उनले बताए । ‘हालसम्म त अक्सिजनको उपलब्धता सहज नै छ, तर अस्पतालमा भएका बेड नै भरिए के गर्र्ने भन्ने चाहिँ अर्को ठूलो चिन्ताको विषय हो,’ उनले भने ।

यता चितवन मेडिकल कलेज अस्पतालमा पनि बिरामीको चाप बढेसँगै अक्सिजनको माग र खपत पनि बढ्दै गएको अस्पतालका जनसम्पर्क अधिकृत पारस अधिकारीले जानकारी दिए ।

अस्पतालको आफ्नै प्लान्ट भएर पनि हाल बाहिरबाट प्रतिदिन दुई सय सिलिन्डर ल्याउनुपरेको उनले बताए । उनका अनुसार अस्पतालको प्लान्टबाट पाँचसय लिटर प्रतिमिनेट उत्पादन गर्न सक्ने क्षमता छ । ‘अस्पतालमा भर्ना भएका कारोना संक्रमितमध्ये ८० प्रतिशतलाई अक्सिजनको आवश्यकता परेको छ’, उनले भने ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया