रत्ननगरका एकैघरका बाबु-छोराको मृत्यु

अन‌ि यो पनि

रत्ननगर । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ३ शान्तिचोकका एकैघरका बाबु-छोराको मृत्यु भएको छ ।

३८ वर्षीय छोराको सोमबार बिहान कोरोना संक्रमणको कारण मृत्यु भएको हो भने ६८ वर्षीय बुबाको कोरोना परीक्षणको लागि अस्पताल पुग्दा एम्बुलेन्सबाट ओर्लनेबित्तिकै लडेर बेहोस भएपछि आइतबार साँझ मृत्यु भएको वडाध्यक्ष गोविन्द भट्टराईले जानकारी दिए ।

१० दिनअघि कोरोना पुष्टि भएर होम आइसोलसनमा रहेका छोरालाई शुक्रबार चितवन मेडिकल कलेजमा उपचारको लागि लगिएको थियो ।

बुबालाई पनि खोकी र पखाला लागेपछि रत्ननगर नगरपालिकाको एम्बुलेन्समा स्वाब परीक्षणको लागि आइतबार अस्पताल लगिएको थियो ।

अस्पताल पुगेर एम्बुलेन्सबाट ओर्लनेबित्तिकै लडेर बेहोस भएका बुबाको पनि बेलुकी ७ बजे मृत्यु भएको वडाध्यक्ष भट्टराईले बताए । बुबाको मृत्यु भएपछि स्बाब परीक्षण नगरिएकाले मृत्युको कारण खुल्न नसकेको उनको भनाइ छ ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया