प्राइम बैंकमा आगलागी, प्रहरी र सेनाको प्रयासमा नियन्त्रण

अन‌ि यो पनि

भरतपुर । भरतपुरको चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा बिजुली सर्ट भई एक्कासि आगलागी भएको छ ।

आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोली, कालीबहादुर गण भरतपुरको नेपाली सेनाको टोली र भरतपुर महानगरपालिकाको दुई वटा दमकलको सहायतामा उक्त आगो सोमबार बेलुकी ६:१५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणमा खटिएका भरतपुर महानगर दमकलका फायरम्यान सुवास थोकरले साढे पाँच बजे दमकलले आगो नियन्त्रण शुरु गरेको बैंकको काउन्टरमा रहेको कम्प्युटर, प्रिन्टर, फर्निचर, जिप्सन र एयरकन्डिसनरहरु धेरै क्षति भएको बताए। उनका अनुसार दमकल पुग्दा फर्निचरमा आगो लागेरको कारण सिसा फुटेर सडकमा धुँवा निस्किएको थियो । विद्युत सर्ट भई आगोलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया