चितवनमा ४१ जना भेन्टिलेटरमा सहित ३९० जना सङ्क्रमितहरुको उपचार

अन‌ि यो पनि

भरतपुर , २६ वैशाख ।आइतबार चितवनका विभिन्न अस्पतालहरुमा ४१ जना भेन्टिलेटरमा सहित ३९० जना कोरोना सङ्क्रमितहरुको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। यसैगरी १७२ जना आइसियूमा, ५० जना एचडियूमा छन् भने १२७ जना जनरल वार्डमा उपचाररत छन्। तीमध्ये भरतपुर अस्पतालमा १३७ जना , चितवन मेडिकल कलेजमा १५३ जना , पुरानो मेडिकल कलेजमा ६६ जना , वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १ जना र अन्य अस्पतालहरुमा ३३ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन्।

यसैगरी २१ जना बिरामीहरु कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्। शनिवार चितवनका जम्मा २० जनाको कोरोना परिक्षण भएकोमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै चितवनका सक्रिय संक्रमितको संख्या २ हजार ३१३ पुगेको छ। तीमध्ये १७६ जना अस्पताल भर्ना भएका छन् भने बाँकी २ हजार १३७ जना होम आइसोलेसनमा छन्।

४ जनाको मृत्यु

चितवनमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा ४ जनाको मृत्यु भएको छ। तीमध्ये चितवनका १ जनाको भरतपुर अस्पतालमा, २ जनाको ( लमजुङ र मकवानपुर ) चितवन मेडिकल कलेज अस्पतालमा, १ जनाको (दाङ) पुरानो मेडिकल कलेजमा मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

 

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया