एनसेलले ल्यायो निषेधाज्ञामा राहत अफर

अन‌ि यो पनि

चितवन । एनसेलले आफ्ना ग्राहकहरुको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्न तथा उनीहरुलाई सहजै सम्पर्कमा रहिरहन सघाउने उद्देश्यले विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ ।

कम्पनीले प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु र एनसेल सापटीमा विभिन्न थप सुविधालगायत राहत अफरहरु ल्याएको कम्पनीले जनाएको छ ।

ग्राहकमैत्री अफरहरुले आफ्ना परिवार, आफन्त र साथीभाइसँग सम्पर्कमा रहिरहन र कुनै पनि आपत्कालीन अवस्थाको समयमा आवश्यक सहयोग लिनका लागि योगदान गर्ने विश्वास लिइएको एनसेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रत्येक रिचार्जमा बोनस डेटा

यस अफरअन्तर्गत ग्राहकले ५० रुपैयाँ वा सोभन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउँछन् । ५० देखि ९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले ५० एमबी बोनस डेटा प्राप्त गर्छन् । बोनस डेटा एक दिनको लागि मान्य रहनेछ ।

यस्तै, १०० देखि १९९ रुपैयाँसम्म, २०० देखि २९९ रुपैयाँसम्म र ३०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले क्रमशः १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

५०० देखि ९९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा र एक हजार वा सोभन्दा बडीको रिचार्जमा ग्राहकले १,००० एमबी डेटा बोनसस्वरुप प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

३० दिने डेटा प्याकमा डबल डेटा

कम्पनीले वैशाख २१ गते मंगलबारबाट ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युम बराबर नै थप डेटा बोनसस्वरुप दिन लागेको छ । ग्राहकले करसहित २४९ रुपैयाँमा साढे ३ जिबी डेटा लिँदा त्यति नै डेटा भोल्युम बोनस अर्थात् ७ जिबी डेटा पाउनेछन् ।

यस्तै, करसहित ३९९ रुपैयाँमा ६ जिबी डेटा लिने ग्राहकले थप ६ जिबी बोनस गरी कुल १२ जिबी र ४९९ रुपैयाँमा १० जिबी डेटा खरिद गर्नेले कुल २० जिबी डेटा पाउने कम्पनीले जनाएको छ ।

वर्क फ्रम होम अफर

कार्यालयको कामकाज तथा पढाइ घरबाटै गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै कम्पनीले दैनिक तथा साप्ताहिक डेटा प्याक ल्याएको छ ।

दैनिक डेटा प्याकमा ग्राहकले करसहित मात्र ३१ रुपैयाँमा २ जिबी एप डेटा प्राप्त गर्छन् । उक्त डेटा भोल्युममार्फत माइक्रोसफ्ट टिम्स, जुम तथा गुगल मिटजस्ता प्लेटफर्म बिहान ६ बजेदेखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ । यसमा १५० एमबी अलटाइम डेटा पनि प्राप्त गर्नेछन् । त्यस्तै, साप्ताहिक प्याकअन्तर्गत ग्राहकले करसहित मात्र १२७ रुपैयाँमा १४ जीबी एप डेटा तथा ३ जिबी अलटाइम डेटा प्रयोग गर्न सक्छन् ।

डिजिटल प्लेटफर्म मार्फत प्याकहरुको खरिदमा बोनस

कम्पनीले देशको विभिन्न जिल्लामा हाल लागु भइरहेको निषेधाज्ञाले गर्दा ग्राहकलाई बजारमा रिचार्ज काड पाउन असहज भएको भन्दै ग्राहकले डिजिटल प्लेटफर्महरु एनसेल एप, च्याटबोट र वेबसाइटमार्फत एनसेलका सेवा तथा सुविधा सजिलै लिन सकने जनाएको छ ।

ग्राहकले डिजिटल प्लेटफर्ममार्फत सेवा खरिद गर्दा विभिन्न बोनस प्राप्त गर्नेछन् । एक दिनको प्याक १८ रुपैयाँमा, सात दिनको प्याक ९८.९८ रुपैयाँमा, १४ दिनको प्याक १३९ रुपैयाँमा खरिद गर्दा १५० एमबीदेखि २ जिबीसम्म बोनस डेटा पाउनेछन् । त्यस्तै, ट्रिपल मजा प्याकअन्तर्गत सात दिनको प्याक १०९ रुपैयाँ, १० दिनको प्याक १४७ रुपैयाँमा र ३० दिनको प्याक ४५९ रुपैयाँमा खरिद गर्दा ५०० एमबीदेखि ७५० एमबीसम्म बोनस पाइनेछ । बोनस पाइनेछ ।

एनसेल सापटीमा विभिन्न सुविधा

कम्पनीले निषेधाज्ञालाई मध्यनजर गर्दै सापटी सेवामा थप सुविधाहरु दिएको छ । ग्राहकले अब सापटी सेवाअन्तर्गत पुरानै सेवा शुल्कमा ८० रुपैयाँसम्म सापटी लिन सक्नेछन् । यस्तै, १२०० एमबी डेटा पनि सापटीअन्तर्गत लिन सक्छन् र यस सुविधाका लागि ग्राहकले डेटा शुल्क, सेवा शुल्क र करसहित ८२.५५ पछि रिचार्ज गर्नुपर्ने हुन्छ ।

सापटी सेवामै ग्राहकले एक दिनको समयसीमा रहेको १५ मिनेटको टकटाइम कुल १२.५५ रुपैयाँमा र २०० एमबी डेटा २२.५५ रुपैयाँ लिन सक्छन् ।

 

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया