भरतपुर कोरोना अस्पतालको अनियमितताको निर्णय अझै आएन

अन‌ि यो पनि

भरतपुर । गत असारमा बन्द भएको भरतपुर कोरोना अस्थायी अस्पतालमा अनियमितता भएको आशंकामा तत्काल छापा मारेर कागजपत्र नियन्त्रणमा लिए पनि अझै अनुसन्धान टुंगिएको छैन । कोरोना अस्पतालमा चोरी प्रकरण पछि अनियमितता भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडा कार्यालयले अनुसन्धान थालेको थियो । घटना भएको गत वैशाख १५ गते हो ।

७२ घण्टाभित्र निर्माण भएको भनिएको कोरोना अस्थायी अस्पतालको २०७६ चैत ७ गते उद्घाटन गरिएको थियो । अनियमितता र चोरी काण्डपछि २०७७ असार २ गते बन्द अस्पताल बन्द भएको हो ।

अख्यितार हेटौंडा कार्यालयका सूचना अधिकारी तथा उप सचिव विष्णुप्रसाद सापकोटाले हेटौडा कार्यालये अनुसन्धानको सवै काम सकेर निर्णयका लागि आयोगको केन्द्रीय कार्यालयमा पठाएको जानकारी दिएका छन् । सामान चोरी काण्ड, अस्पतालको अनियमितता, शौचालय निर्माणमा अस्वभाविक बजेट छुट्टाइएकोलगायतका विषयमा व्यापक आलोचना भएको थियो ।

चोरी काण्ड डिसमिस

कोरोना विशेष अस्थायी अस्पतालमा भएको चोरी प्रकरण भने टुंगो लागिसकेको छ । महान्यायधिवक्ताको कार्यालयले मुद्दा चलाउन नपर्ने भनी गत साउनमा निर्णय गरेसँगै यस प्रकरण डिसमिस भएको छ ।

मुद्दा चलाउन नमिल्ने भनी जिल्ला सरकारी वकिलको कार्यालय चितवनले गरेको निर्णय उच्च सरकारी वकिलको कार्यालय हेटौडाले समेत सदर गरेको थियो । जिल्ला न्यायाधीवक्ता यदुनाथ शर्माले निर्णय गरी उपल्लो तहमा पठाएका थिए । गत असार ३ गते जिल्ला सरकारी वकिलको कार्यालयले प्रारम्भीक निर्णय गरेको हो ।

संवैधानिक निकाय अख्तियारको अनुसन्धान भने जारी छ । अख्तियारले लेखा र स्टोर सम्बन्धि कागजात अनुसन्धानका लागि लगेको छ ।

कोरोना अस्थाई अस्पताल भरतपुरमा खटिएका कर्मचारीहरु फणिन्द्र खनाल,संजय बराल र सूर्यप्रसाद तिवारीमाथि चोरी आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भएको थियो । भरतपुर महानगरका काँग्रेस समर्थित वडाअध्यक्षहरु चित्रसेन अधिकारी, चन्द्रमित्र पण्डित र दामोदर न्यौपाने सहिताले संयुक्त निवेदन दिएका थिए ।

‘जसको सम्पत्ति चोरी भएको भनिएको सोही निकायले चोरी नभएको भनी पत्र तथा कागजबाट खुलाएको, यस मुद्दामा केवल जाहेरीका आधारमा मात्र मुद्दा चलाउन निमल्ने भनी फुलकी फौज्दारी कार्यविधि संहिता २०७४ को दफा ३१ को उफदा (३) बमोजिक उनीहरु उपर हाल मुद्दा नचनाउने निर्णय गरिएको छ’ निर्णयार्थ पेश पत्रमा उल्लेख छ ।

घटना लगत्तै जिल्ला प्रशासन कार्यायल चितवनले अनुसन्धानका लागि काम थालेको थियो । प्रशासनको वैशाख १६ गतेको प्रतिवेदन र प्रतिवादीहरुसँगको वयान, जिल्ला प्रहरी कार्यालय चितवनको जेठ २८ गतेको पत्र पनि मुद्दा चलाउन नपर्ने आधार रहेको महान्यायधीवक्ताको कार्यालयले तयार पारेको पत्रमा उल्लेख छ ।

अस्पतालको स्टोरबाट समानिहरु निकली आवश्यक पर्ने कर्मचारीदलाई दिँदै आएको र र सिसीटिभी फुटेजमा देखिएका समानहरु पनि सोही अनुसार भरतपुर कोरोना अस्पतालमा खटिएका कर्मचारीलाई दिनको लागि स्टोरबाट निकाली सवै कर्मचारी र अस्पतालमा खटिएका सुरक्षा गार्डको रोहबार लिइ गएका हौं भनी आरोपीतहरुले वयान दिएका थिए ।

प्रतिकृया

मुख्य समाचार

दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर निर्माण हुने

माडी । माडी नगरपालिका वडा नं–१, बनकट्टाकी महिला नेतृ सीता तिमिल्सिनाले आफ्ना दिवङ्गत श्रीमान् र ससुराको स्मृतिमा मलामी घर...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया