छातिमा चक्कु प्रहार गरी आत्महत्या

अन‌ि यो पनि

नवलपरासी, २४ बैशाख । आफ्नै छातीमा चक्कु प्रहार गरी गम्भीर घाइते भएका एक जनाको हिजो (बिहिबार) राति उपचारको क्रममा निधन भएको छ ।

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका ३ देउराली निवासी ३९ बर्षीया चिनमाया रानाले घरमा कोही नभएको मौका छोपी आफ्नै कोठामा धारिलो हतियार चक्कु आफ्नै छातीमा प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनलाई उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा ल्याइएकोमा गएराति उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

चिनमाया राना विगत १ बर्षदेखि कलेजोका रोगी रहेको र सोही कारणले आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । प्रहरीले उनकै कोठाबाट चक्कु समेत बरामद गरेको छ ।

 

प्रतिकृया

मुख्य समाचार

जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने चेतावनी

टोकियो ११ असार । जापानमा फेरि स्वास्थ्य सङ्कटकाल लगाउने संभावना रहेको दाबी गरिएको छ। स्वास्थ्य मन्त्री टमुरा नोहिहिसाले सरकारले...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया