अस्ताए बरिष्ठ संगीतकार प्रधान

अन‌ि यो पनि

काठमाडौं २३ बैशाख । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधान यस धर्तीबाट सदाका लागि बिदा भएका छन्। सास फेर्न गाह्रो हुने र छातीमा समस्या देखिएपछि बिहीबार बिहान अस्पताल पुर्‍याइएका प्रधानको दिउँसो करिब पौने २ बजेको समयमा बसुन्धरास्थित न्यूरो अस्पतालमा निधन भएको छोराका साथी सबिन श्रेष्ठले जानकारी दिए। अस्पताल लगेर कोरोना परीक्षण गर्दा रिपोर्ट भने नेगेटिभ आएको उनले बताए।

विसं. १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा बुबा रत्नध्वज र आमा प्राणदेवीको कोखबाट जन्मिएका  प्रेमध्वज सानैदेखि सांगीतिक माहोलमा हुर्किएका थिए। जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुचि राख्थे, जुन उनको लागि सांगितिक क्षेत्रमा आउने प्रेरणाको स्रोत बन्यो। सदाबहार गायकको छवी बनाउन सफल प्रधानको ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेँटो यो गाउँको’, ‘पर लैजाउ फूलहरू’लगायतका दर्जनौ गीत चर्चाको शिखरमा रहे, जुन अहिले पनि उत्तिकै लोकप्रिय छन्।

बरिष्ठ सञ्चारविद् एवम् चलचित्र लेखक तथा निर्देशक प्रकाश सायमीले प्रधानको निधनले नेपाली सुगम संगीतको एउटा महान युगको अन्त्य भएको बताएका छन्। आफ्नो फेसबुकमा स्टाटस लेख्दै सायमीले भनेका छन्, ‘हाम्रो हृदयका ढुकढुकी, नेपाली सुगम संगीतको एउटा महान युगको अन्त्य भयो।’

प्रतिकृया

मुख्य समाचार

‘सुस्तः श्रवण बालबालिकाको ‘तारा’ हुनुहुन्थ्यो, कोरोनाले चुँड्यो’

भरतपुर । ‘सुस्तः श्रवणका विद्यार्थीसँग कुनै हाउभाउ छैन । उनीहरु निशव्द छन् । अभिभावकविहीन महसुस गरेका छन् । बोल्न...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया