कावासोतीका ६३ वर्षीय संक्रमित पुरुषको निधन

अन‌ि यो पनि

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा ६३ वर्षीय संक्रमित पुरुषको निधन भएको छ ।

होम आइसोलेसनमै रहेका नवलपुरको कावासोती नगरपालिका वडा नं ८ का ६३ वर्षीय पुरुषको कोरोना संक्रमणको कारणले ज्यान गएको हो ।

गत वैशाख २० गते मध्यविन्दु जिल्ला अस्पतालमा पिसिआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा रहेको उनको वैशाख २२ गते राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिएका छन् ।

कोरोनाको नयाँ लहर आएपछि नवलपुरमा ६ जनाको निधन भएको छ ।

प्रतिकृया

मुख्य समाचार

बाढीले दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर डुबानमा

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाट पुरानो बजार क्षेत्रका ११ घर नदीको डुबानमा परेको छ । केही दिनदेखि परेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया