माडीमा संक्रमितले गरे आत्महत्या

अन‌ि यो पनि

चितवन । माडीमा कोरोना संक्रमित एक पुरुषले बिहीबार बिहान आत्महत्या गरेका छन् । माडी नगरपालिका–३ इनारबरुवा बस्ने ३५ वर्षीय कोरोना संक्रमित गोविन्द साहले आफू सुत्ने कोठामा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

उनी वैशाख १५ गते भारतको विहारमा वैवाहिक कार्यक्रममा सहभागी भएर फर्किएको र वैशाख २२ गते उनमा संक्रमण पुष्टि भएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज गिरीले बताए ।

साहले कोरोना परिक्षणका लागि वशाख २१ गते बघौडा अस्पतालमा स्वाब दिएका थिए । कमजोर आत्मबलका कारण संक्रमितले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको गिरीले बताए । शवको पोस्ट मार्टमको लागि भरतपुर ल्याइँदै छ ।

प्रतिकृया

मुख्य समाचार

कोरोनाले छुटायो ‘घरदैलो विद्यार्थी भर्ना कार्यक्रम’

–किशोर खनाल भरतपुर । शिक्षा मन्त्रालयको निर्देशनअनुसार चितवनमा असार १ गतेदेखि स्कुल (नर्सरीदेखि नौसम्म) भर्नाको अभियान चलिरहेको छ । कोरोना...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया