निषेधाज्ञा उल्लंघन गर्ने ४४१ मानिस तथा २४० सवारी साधनलाई कारबाही

अन‌ि यो पनि

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन र मातहतका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले बुधबार निषेधाज्ञा उल्लंघन गर्ने ४४१ जनालाई होल्ड कारबाही गरेको छ ।

निषेधाज्ञा उल्लंघन गर्नेमा १७२ पुरुष र २६९जना महिला रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिए ।

प्रनाउ गिरीका अनुसार बुधबार दिनभरमा २३१ मोटरसाइकल तथा स्कुटर र ९ अन्य सवारी साधन गरी २४० सवारी साधन तथा निषेधात्रा उल्ल्ंघन गरी पसल सञ्चालन गर्ने १२ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।

जसबाट १ लाख १५ हजार ४०० रुपैयाँ जरिवानास्वरुप राजस्व संकलन भएको उनले जानकारी दिए । निषेधाज्ञायता पाँच दिनमा प्रहरीले जरिवाना र कारबाहीस्वरुप ४ लाख ३४ हजार ८१० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।

 

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया