ADVERTISEMENT
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
६ माघ २०७७, मंगलवार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

धादिङ राजमार्गका होटलमा दैनिक १६ हजार यात्रु

by चितवन पोष्ट
२०७१ श्रावण १२, सोमबार ०३:४८ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

केशव अधिकारी
धार्के (धादिङ) । पृथ्वीराजमार्ग हुँदै यात्रा गर्नेक्रममा धादिङको धार्केखण्डमा पक्कै पनि तपाई रोकिनुभएको छ । आफूलाई खान मन लागेपनि नलागेपनि तपाई चढेको बस धार्केको कुनै होटलमा पुगेर रोकिएको हुनुपर्छ ।
देशको मुख्य प्रशासनिक केन्द्र राजधानी भित्रिने र त्यहाँबाट बाहिरिने मुख्य नाका धादिङ नै हो । यस जिल्लामा पर्ने ८६ किलोमिटर मुख्य राजमार्गमा भएपनि ४० किलोमिटरभित्र खोलिएका ३२ वटा यात्रु होटलमा तपाईहरुजस्तै दैनिक १६ हजार यात्रुले खाना, खाजा खाने गरेको पाइएको छ ।
खाद्य अधिकारको क्षेत्रमा कार्यरत फियान नेपाल र खाद्य अधिकार जिल्ला सञ्जाल धादिङले गरेको प्रारम्भिक चरणको अध्ययनअनुसार मा ५७८ वटा दिवा तथा रात्रिबस र ३५८ वटा माइक्रो बसका १५ हजार ६२५ जना यात्रुले धादिङ जिल्लाको राजमार्ग खण्डमा दैनिक खाना तथा खाजा खाने गरेको तथ्याङ्क आएको हो ।
धादिङको राजमार्गको होटलमा खाना, खाजा खाने यात्रुहरुले वार्षिक रुपमा ९२ करोड १९ लाख ८६ हजार २५० रुपयाँ बराबर खर्चने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । धार्केका होटलमा खानेकुरा खानका लागि पुग्ने यात्रुले सरदर १५० का दरले मात्र खर्च गरे पनि २३ लाख २३ हजार ७५० रुपैयाँ खर्च हुने गरेको फियान नेपालका धादिङ जिल्ला कार्यक्रम संयोजक राजेन्द्र बस्नेत बताउनुहुन्छ ।
यात्रुहरुले दसैँतिहार पर्ने महिनाबाहेकको ११ महिनामा ७६ करोड ९१ लाख ६१ हजार २५० रुपैयाँको होटलमा र रु. एक करोड १५ लाखको हाराहारीमा होटल आसपासका खुद्रा तथा फलफूल पसलमा खर्च गर्ने गरिएको अध्ययन प्रतिवेदनले देखाएको बस्नेतले बताउनुभयो ।
दसँैतिहार एक महिनामा यात्रुको चाप बढ्ने भएकाले रु.१३ करोड ९३ लाख २५ हजार होटलमा र २० लाख भन्दा बढी होटल आसपासका खुद्रा तथा फलफूल पसलमा खर्च हुने गरेको संस्थाको अध्ययन प्रतिवेदनमा उल्लेख छ । निजी क्षेत्रको प्रयासमा दैनिक लाखौं रुपैयाँको आम्दानी हुने धादिङको राजमार्गछेउका होटल तथा अन्य पसलमा सरकारी क्षेत्रको ध्यान नपुग्दा यात्रुहरु ठगिनेक्रम बढ्दै गएको बस्नेत बताउनुहुन्छ ।
देशका विभिन्न गाउँबस्तीबाट प्रशासनिक काम, रोजगारीको खोजी, अध्ययन अध्यापन र व्यापारिक कामका लागि राजधानी भित्रिने र यहाँबाट बाहिरिने यात्रुहरुलाई लक्षित गरी खोलिएका राजमार्गको होटलहरुको व्यवहारका कारण आलोचना हुनेक्रम बढ्दै गएको छ ।
होटल मजदुर तथा मालिकसँग दोहोरो बोल्न नपाउने, जबरजस्ती बासी खाना खुवाउने, महँगो मूल्य असुली गर्ने, भान्छा कोठा फोहोर, शौचालय यात्रुमैत्री नभएको र जबरजस्त खानेचीज बेचेको यात्रुको गुनासो आएपछि फियान नेपाल र खाद्य अधिकार जिल्ला सञ्जाल धादिङले ३ वर्षअघिबाट सञ्चारकर्मी र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरुसहितको टोलीले राजमार्गका होटलमा नागरिक अनुगमन गर्दै आइरहेको खाद्यअधिकार जिल्ला सञ्जाल धादिङका संयोजक गोकर्ण रुपाखेती बताउनुहुन्छ ।
नागरिक अनुगमनलाई निरन्तरता दिन थालेपछि राजमार्गका होटलमा क्रमिक रुपमा सुधार देखिन थालेको फियान नेपालले जनाएको छ । अनुगमनका क्रममा नौबीसेको एक होटलको स्टोरमा कुकुर मरेको अवस्था भेटिनुका साथै खसी भनेर बाख्री काटेर मासु खुवाउने गरेको समेत भेटिएको फियान नेपालका कार्यक्रम संयोजक बस्नेतले बताउनुभयो ।
अनुगमन गर्ने संस्थाहरुले जिल्ला तहमा सरोकारावालाबीच अनुगमनमा भेटिएका तथ्य तस्बिर र यात्रुको गुनासो तथा सञ्चारमाध्यममा ल्याएपछि सहायक प्रमुख जिल्ला अधिकारी तथा वाणिज्य विभागका अनुगमन अधिकृतको टोली, फियान नेपाल, खाद्यअधिकार जिल्ला सञ्जाल धादिङ र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले लगातार गरेको अनुगमनले राजमार्गका होटल बिस्तारै यात्रुमैत्री बन्दै गएको खाद्यअधिकार जिल्ला सञ्जाल धादिङका संयोजक रुपाखेतीले बताउनुभयो ।
रुपाखेतीका अनुसार सुरूमा राजमार्ग होटल अनुगमन अभियानका रुपमा सञ्चालन गर्दा आक्रोशित हुने होटल सञ्चालक तथा मजदुरहरु अहिले नियमित रुपममा अनुगमनको माग गर्न थालेका छन् । अनुगमन अभियान सञ्चालन गर्दा ५० को हाराहारीमा रहेका धार्के क्षेत्रका होटलहरु अहिले ३२ वटामा सीमित हुन पुगेका छन् ।
सञ्चालनमा रहेका होटलहरुमध्ये पाँचवटा होटलको पूर्णरुपमा सुधार गर्नुपर्ने फियान नेपालको प्रतिवेदनमा उल्लेख छ । यात्रुहरु पनि अनुगमनले होटल व्यवस्थापनमा सुधार ल्याएपनि मूल्य नियन्त्रण गर्न भने अझै नसकेको यात्रुहरुको गुनासो छ ।

Related Posts

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

Chitwan Post

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

बागमती प्रदेश : नेकपा अस्तव्यस्त, कांग्रेस मस्त

विद्यालय जान थाले २१ बालश्रमिक

Discussion about this post

अन‌ि यो पनि

मेघौलीमा कुमाल सङ्ग्रहालय निर्माण
समाज

भरतपुर अस्पतालमा आँखाको उपचार सेवा सुरु

चितवन । भरतपुर अस्पतालमा आँखा रोगको उपचार सेवा आजबाट सुरु गरिएको छ । अस्पतालमा आँखा रोग विभागको शुभारम्भसँगै सो सेवा...

Read more
राष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्वारा अदालतमा लिखित जवाफ पेश

प्रतिनिधिसभा विघटन : पाँच वर्षको सट्टा तीन वर्षमै निर्वाचन गर्न नमिल्ने जिकिर

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

काठमाडौँ–पोखरा रात्रिकालीन पर्यटक बससेवा सुरु

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

‘अनअराइभल भिसा’ सेवा सञ्चालन गर्न माग

Chitwan Post

भरतपुरमा घरेलु उपज प्रदर्शनीकक्ष बन्दै

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In