निषेधाज्ञामा थप कडाई, फुटपाथ व्यवसाय बन्द, बैंक पनि २ बजेसम्ममात्रै खुल्ने

अन‌ि यो पनि

चितवन २२ बैशाख । निषेधाज्ञा गरेको करिब एक हप्तासम्ममा पनि कोरोना संक्रमितको दर कम नभएपछि जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबारदेखि निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको छ। बुधबार प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले उक्त निर्णय गरेको हो। बैठकले यसअघि गरेका निषेधाज्ञालाई पूर्ण कार्यान्वयन गर्दै बैंक तथा वित्तीय संस्थामा आधा कर्मचारीबाट सेवा दिलाउने र ठेलामार्फत गरिँदै आएको व्यापार पनि बन्द गर्ने निर्णय गरेको प्रशासन कार्यालयले जनाएको छ।

डिसिसिएमसीको उक्त निर्णयसँगै अबदेखि सबै बैंकले दिँदै आएको सेवाको विवरण हरेक दिन जिल्ला प्रशासन कार्यालयलाई बुझाउनुपर्ने छ। बैंकमा सेवा दिन बसेका कर्मचारी र सेवाग्राही सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गर्ने र एटिएमको सबै बुथमा ढोका खुला राख्ने र ह्याण्ड स्यानिटाइजरको अनिवार्य प्रयोग गर्नुपर्नेछ। साथै हरेक दिन बिहान १० देखि दिउँसो २ बजेसम्ममात्रै सेवा प्रवाह गर्न पनि प्रशासनले निर्देशन जारी गरेको छ। बिहीबारबाट फुटपाथबाट हुँदै आएको सबैखाले व्यापार व्यवसाय पनि पूर्णरुपमा बन्द गरिनेछ।

डिसिसिएमसीको निर्णय हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्ः

dccmc_78_1_22_web

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया