नवलपुरमा आजदेखि निषेधाज्ञा

अन‌ि यो पनि

नवलपुर । पूर्वी नवलपरासीमा बुधबारबाट निषेधाज्ञा शुरु भएको छ ।नवलपुरमा संक्रमितको संख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय नवलपुरले बुधबारबाट निषेधाज्ञा जारी गरेको हो ।बैशाख २२ देखि जेठ ४ गतेसम्म अर्थात १५ दिनसम्म निषेधाज्ञा जारी गरेको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।बुधबार दिन पानी समेत परेकोले सडक र बजार सुनसान देखिएको छ भने गाउँघर पनि सुनसान देखिएको छ ।

कावासोती मालपोत बन्द

नवलपुरमा जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि निषेधाज्ञा जारी गरेपछि कावासोतीमा रहेको मालपोत कार्यालय पनि बन्द हुने भएको छ ।मालपोत कार्यालय कावासोतीले बुधबार विज्ञप्ति जारी गरी कार्यालय बन्द रहने जनाएको छ ।जेठ ४ गतेसम्म नै मालपोत कार्यालय कावासोती बन्द हुने सूचनामा जानकारी गराइएको छ ।

बैंक, वित्तिय संस्था दैनिक दुई घण्टा मात्र खुल्ने
नवलपुरमा निषेधाज्ञाको समयमा जिल्लाका बैङ्क तथा वित्तीय संस्थाहरु दैनिक २ घण्टाका दरले संचालन हुने भएका छ्न ।
मंगलबार प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीको अध्यक्षतामा बैंर्कस क्लब कावासोतीका पदाधिकारीको बीचको बैंठकले हरेक दिन १० देखि १२ बजे सम्म न्युनतम कर्मचारीको प्रयोग गरि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सेवा सुचारु गर्ने निर्णय भएको हो ।

 

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया