नारायणगढ । बंगुर व्यवसायी संघ नेपालको आयोजना तथा नेपाल वेलहोप एग्रीटेक प्रा.लिको प्रायोजनमा बंगुरपालक किसानहरुको एकदिने भेला तथा अन्तत्र्रिmया कार्यक्रम शनिबार नारायणगढमा सम्पन्न भएको छ ।
वेलहोप प्रालिका प्रबन्ध निर्देशक वई शु चोन्जको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख रामकुमार कार्की, कृषि तथा वन विश्वविद्यालय रामपुरका प्राध्यापक डा. श्यामकृष्ण शाह, बंगुर व्यवस्थापक संघका अध्यक्ष उमेश राई, सचिव रामकृण्ण रेग्मी, प्राविधिक प्रबन्धक डा. किरण पोख्ररेल, वेलहोपका आधिकारिक विक्रेता भुवनलाल जोशी, बिक्री अधिकृत रुद्रमणि कँडेल, सिनर्जी मिट सप्लार्यसका सुधन जोशीलगायतले नेपालमा बंगुरपालनको धेरै सम्भावना रहेका बताएका थिए ।
चितवन र नवलपरासी दाउन्नेसम्मका एक सय चालीस बंगुरपालक किसानहरुको सहभागिता रहेको सो कार्यक्रममा चीनलगायतका देशहरुमा फस्टाएको बंगुर व्यवसायको बारेमा समेत छलफल गरिएको थियो ।
हावापानीका दृष्टिकोणले पनि चितवन आसपासका क्षेत्रहरुमा बंगुर व्यवसायबाट आर्थिक लाभ लिन सकिने भएपनि प्राविधिकलगायतका बंगुरसम्बन्धी विशेषज्ञको अभावले बंगुरपालनमा समस्या भएको किसानहरुले दुःखेसो गरेका थिए ।
Discussion about this post