भरतपुर । मृगौलामा समस्या रहेको बिरामीहरुको शनिबार भएको एक भेलाले पवित्रा जोशीको अध्यक्षतामा ११ सदस्यीय मृगौला समाज, चितवनको तदर्थ समिति गठन गरेको छ ।
सो समितिको उपाध्यक्षमा दीपराज ढुंगाना, महासचिवमा अच्युत ढुंगाना, सचिवमा यशुदेव श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र मल्ल र सह—कोषाध्यक्षमा अर्जुन महत चयन भएका छन् भने सदस्यहरुमा उर्मिला मानन्धर, दिलकुमारी गुरूङ, सुमन तामाङ, पार्वती कोइराला र हरि विश्वकर्मा रहेका छन् ।
Discussion about this post