गञ्जनगर । नेपाली कांग्रेसकी शुभचिन्तक तथा नेपाल तरुण दल गुञ्जनगरका पूर्वअध्यक्ष सरोज लामाकी ममतामयी आमा कालमाया तामाङको निधन भएको २१ आंै दिनको तिथिमा शोक सभाको आयोजना भएको छ । नेपाली कांग्रेस चित्रवन नगरपालिका वार्ड नम्बर ६ ले शोक सभाको आयोजना गरेको हो । लोकतान्त्रिक आन्दोलनको क्रममा कालमाया तामाङले पु¥याएको योगदानको चर्चा गरिएको थियो ।
नेपाली कांग्रेस वार्ड सभापति आशमान तामाङको अध्यक्षता तथा नेपाली कांग्रेस चितवनका सचिव सुनिल श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
Discussion about this post