पत्रकार महासङ्घ चितवनको हेल्प डेस्क

अन‌ि यो पनि

भरतपुर । चितवनमा बढ्दो कोरोना सङ्क्रमण र निषेधाज्ञाको घोषणासँगै नेपाल पत्रकार महासङ्घ चितवनले हेल्प डेस्क (सहायता कक्ष) स्थापना गरेको छ । नेपाल पत्रकार महासङ्घ चितवनले कोरोना महामारीको समयमा चितवनका पत्रकारलाई केही समस्या परेमा तत्काल समाधानका लागि सो डेस्क स्थापना गरेको जनाएको छ ।

पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारीका अनुसार महासङ्घ सचिव दीपेन्द्र अधिकारीको संयोजकत्वमा गठित डेस्कको सदस्यमा सहसचिव उर्गेन तामाङ र विप्लव काफ्ले रहेका छन् । पत्रकारलाई कुनै समस्या परेमा संयोजक अधिकारी वा सदस्यद्वयलाई तत्काल सम्पर्क गर्नसमेत महासङ्घ चितवनले आग्रह गरेको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया