सोचलाई बदल्नुहोस्, जिन्दगी बदलिनेछ !

अन‌ि यो पनि

जीवनमा प्रत्येक मानिसले शान्ति प्राप्त गर्ने चाहना राखेको हुन्छ । मानिस शान्तिको प्राप्तिका लागि खोजी गरिरहन्छ । हामी आफ्नो आँखाले सारा संसारलाई हेर्न सक्छौँ तर यदि आफ्नै आँखालाई हेर्न चाह्यौँ भने ऐनाको आवश्यकता पर्दछ । अनि त्यो ऐना हो– बुझाइको ऐना । जसद्वारा हामी आफूले आफैँलाई देख्न सक्छौँ । आफूले आफैँलाई चिन्न सक्छौँ ।

संसारले त दुःखबाट टाढा रहनका लागि विभिन्न किसिमका उपायहरूको व्यवस्था गर्दछ । जब शान्तिका बारेमा कुरा आउँछ, तब उनीहरू सोच्न थाल्छन्– शान्ति पनि हाम्रो दुःखबाट छुटकारा दिने त्यस्तै कुनै चीज हुनुपर्छ । तर, शान्ति त्यस्तो कुरा होइन । हरेक मानिसले आफ्नै तरिकाबाट शान्तिका बारेमा फरक–फरक परिभाषा बनाएर राखेको छ । यदि कसैको केही हराएको छ र उसलाई सोधौँ– ‘शान्तिलाई के भनेर परिभाषित गर्नुहुन्छ ?’ अनि, उसले यही भन्नेछ, ‘जुन मेरो हराएको चीज छ, त्यसलाई पाएँ भने मलाई शान्ति हुनेछ ।’

हामीले कुरालाई बुझ्न र विचार गर्न सक्षम हुन थालेपछि हामीमाझ एउटा लक्ष्य निर्धारण हुन्छ– मलाई यो प्राप्त गर्नु छ, मलाई यो बन्नु छ । त्यसपछि हाम्रो पूरै जीवन यसैमा समर्पित हुन थाल्छ । जसले गर्दा हामी स्वयम् आफैँबाट टाढिन थाल्छौँ । अनि, कुनै पनि सफलता प्राप्त गर्ने लक्ष्य भए पनि त्यसमा हामी सफल हुन सक्दैनौँ । आफूले आफैँसँग परिचित हुनु सबैभन्दा महŒवपूर्ण कुरा हो । हामीभित्र भएको शक्तिले हामीलाई आफैँसँग सम्बन्ध गाँस्नका लागि सहयोग पु¥याउँछ, जसका माध्यमबाट हामीले आफूभित्र भएको त्यो चीजलाई अनुभव गर्न सक्छौँ । यदि हामीले पहिलादेखि नै हामीभित्र रहेको त्यो चीजलाई स्वीकार ग¥यौँ भने हाम्रो जीवनमा एउटा यस्तो राम्रो परिवर्तन आउन सक्छ । त्यसको हामीले कल्पना पनि गर्न सक्दैनौँ । त्यो कुरा सम्भव छ ।

तपाईँको हृदयलाई एउटा तिर्खा लागेको छ । त्यही तिर्खाले भन्छ– ‘मलाई त्यो चीजसम्म पु¥याऊ जसबाट म शान्त हुन सकूँ । मलाई त्यो चीज प्राप्त भएपछि मेरो जीवनमा सन्तुष्टि प्राप्त हुनेछ ।’ यदि तपाईँलाई भोक लागेको छ भने त्यो भोकलाई मेट्नका लागि खानाको चित्र दिएर काम चल्दैन । खाना नै खानु आवश्यक हुन्छ । त्यसैैैगरी, जीवनमा शान्ति–शान्ति भनेर मात्र हुँदैन । शान्तिलाई त अनुभव गर्नु आवश्यक छ । मानिसहरूको विचारमा त लडाइँ–झगडा रोकियो भने शान्ति हुन्छ । तर, लडाइँ बन्द भएपछि पनि शान्ति हुँदैन । किनभने, जुन मूल चीज छ, त्यो नै शान्त भएको हुँदैन । यदि तपाईँ एउटा रेलमा यात्रा गरिरहँदा रेल हल्लिरहेको छ भने चाहे तपाईँले आफूलाई म नहल्लिऊँ भनेर जतिसुकै कोसिस गर्नुभए पनि त्यो कुरा सम्भव हुँदैन । किनभने, पूरै रेल नै हल्लिरहेको हुन्छ । त्यसैगरी, यो जीवनमा हामी जुन गाडीमा बसेका छौँ, त्यो नै हल्लिरहेको छ । अनि, हामी आराम मिलोस्, हाम्रो जीवनमा शान्ति होस् भन्ने चाहन्छौँ । तर, पनि यो कुरा सम्भव छ किनभने हामीले खोजिरहेको शान्ति र सन्तुष्टि कतै अन्यत्र होइन हामीभित्रै छ । हामी त्यसको अनुभव गर्न सक्छौँ ।
एउटा कथा छ । दुईवटा भ्यागुता थिए । एउटा समुद्रमा बस्थ्यो र अर्काे इनारमा बस्थ्यो । दुवै भ्यागुता साथी–साथी थिए । एकदिन समुद्रमा बस्ने भ्यागुतो इनारमा बस्ने भ्यागुताकोमा पाहुना लाग्न भनेर गयो । दुवैको कुराकानी चलिरहेको थियो । यत्तिकैमा इनारमा बस्ने भ्यागुताले सोध्यो, ‘तिम्रो समुद्र कतिको ठूलो छ ?’

समुद्रमा बस्ने भ्यागुताले भन्यो– ‘एकदमै ठूलो छ !’

इनारमा बस्ने भ्यागुताले इनारको एउटा क्षेत्रमा घेरा लगाएर सोध्यो– ‘के यतिको ठूलो छ ?’

उसले भन्यो, ‘होइन, योभन्दा त निकै ठूलो छ ।’

फेरि उसले पहिलाको भन्दा ठूलो एउटा घेरो बनाएर सोध्यो– ‘के यतिको ठूलो छ त ?’

उसले भन्यो, ‘होइन, समुद्र त योभन्दा पनि निकै ठूलो हुन्छ ।’

अनि, इनारमा बस्ने भ्यागुताले पूरै इनारलाई घुमेर घेरो लगाएपछि भन्यो– ‘तिम्रो समुद्र योभन्दा ठूलो त हुनै सक्दैन किनभने मेरो इनार तिम्रो समुद्रभन्दा कैयौँ गुणा ठूलो छ ।’

उसले भन्यो, ‘होइन, समुद्र योभन्दा त निकै ठूलो हुन्छ ।’

त्यसपछि इनारमा बस्ने भ्यागुताले भन्यो, ‘मलाई विश्वासै लागेको छैन । त्यो त इनारभन्दा ठूलो हुनै सक्दैन ।’

फेरि समुद्रमा बस्ने भ्यागुताले सम्झाउँदै भन्यो– ‘मित्र, भोलि तिमी मसँगै जाऊँ । म तिमीलाई समुद्र कत्रो हुन्छ भनेर देखाउनेछु ।’
भोलिपल्ट दुवै भ्यागुता सँगै गए । पोखरीमा बस्ने भ्यागुतोले समुद्र देखेपछि आश्चर्यचकित भयो । समुद्र त एकदमै ठूलो थियो । त्यसको त सीमाना पनि आँखाले देखुन्जेलसम्मको थियो ।

त्यसपछि इनारमा बस्ने भ्यागुताले भन्छ, ‘हो मित्र, तिमीले ठिकै भनिरहेका थियौ । मैले समुद्र देखेकै थिइन । त्यसकारण म त यति मात्र भन्न सक्थेँ, ‘मेरो इनार तिम्रो समुद्रभन्दा ठूलो छ’ तर अब मलाई थाहा भयो, मेरो इनार त समुद्रका अघि केही पनि होइन रहेछ ।
हामी पनि यस्तै विचारमा रुमल्लिएका हुन्छौँ । हामी आफ्नो धारणाको संसारमा एउटा सानो इनारमा रहेर के सोच्छौँ भने यो मेरो संसारभन्दा राम्रो अरू केही पनि छैन । जब हामीलाई कसैले भनिदिन्छ– ‘तपाईंभित्र पनि एउटा अर्कै संसार छ । एउटा यस्तो चीज छ जसद्वारा तपाईँलाई परम् शान्ति प्राप्त हुन सक्छ ।’ तर, यो कुरामा विश्वास गर्न हामीलाई गाह्रो हुन्छ ।

हामीलाई प्राप्त भएको यो जीवन पनि एउटा इनारजस्तै छ । यस जीवनरूपी इनारमा यस्तो पानी छ जसलाई पिउन थाल्नुभयो भने तपाईँको प्यास मेटिनेछ । तपाईं यो संसारमा जीवित रहुन्जेलसम्म तपाईं जहाँसुकै जानुहोस्, जेसुकै गर्नुहोस् तर यो चीज सदैव तपाईँभित्रै रहनेछ । यदि तपाईँले त्यो पानीलाई निकाल्न सिक्नुभयो भने यो संसारमा तपाईँ साँच्चै खाली हात आउनुभएको थियो नै तर तपाईँ खाली हात जानु आवश्यक हुँदैन ।

(यो लेख प्रेम रावतको सन्देशबाट साभार गरी अनुवाद गरिएको हो । उहाँ मानवता र शान्तिको विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुनुहुन्छ । उहाँको सन्देशका बारेमा थप जानकारीका लागि www.premrawat.com र प्रतिक्रियाका लागि [email protected] प्रयोग गर्न सक्नुहुनेछ ।)

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा २३४ संक्रमित उपचाररत

भरतपुर, ४ असार । चितवनका विभिन्न अस्पतालमा शुक्रबार २३४ जना कोरोना संक्रमित उपचाररत छन् । पछिल्लो २४ घण्टामा ९...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया