ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

निर्माण कार्य नसकिँदै भत्किन थाल्यो ढल

by चितवन पोष्ट
२०७१ श्रावण १०, शनिबार ०३:०९ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

होमनाथ सापकोटा
रत्ननगर । रत्ननगरको टाँडी बजारक्षेत्रमा सुरू गरिएको ढल निर्माण कार्यमा चरम लापरवाही भएको सरोकारवालाको आरोप छ । ढल निर्माण कार्य नसकिँदै भत्किन थालेपछि कमसल सामग्री प्रयोग गरिएको भन्दै ठेकेदार पक्षलाई लापरवाहीको आरोप लागेको हो ।
सडक डिभिजन कार्यालय भरतपुरले ढल निर्माण गरेको भएपनि जिम्मेवार संस्था नगरपालिकाले नियमित अनुगमन गर्नु पर्दथ्यो । तर नगरपालिकाले सडक डिभिजन कार्यालयको काम हो भन्दै अनुगम1न पनि नगरेपछि ढल निर्माणमा लापरवाही भएको स्थानीय शुभप्रभात टोल विकास संस्थाका अध्यक्ष ज्ञानेन्द्रराज पाण्डेले आरोप लगाउनुभयो ।
‘सडकलाई देखाएर नगरपालिकाले अनुगमन नगरेकै कारण ठेकेदारले लापरवाही गरेको हो’, उहाँले भन्नुभयो, ‘कमसल सामग्री प्रयोग गरी बनाइएको ढलले नगरपालिकालाई नै असर गर्छ । अनुगमन नगरिएकै कारण निर्माणको ठेक्का लिएको ठेकेदारले कमसल सामग्री प्रयोग गरी ढल निर्माण गरेको छ । कतै सिमेन्ट कम प्रयोग गर्ने र कतै गुणस्तरहीन इँटा प्रयोग गर्दा निर्माण कार्य नसकिँदै ढल भत्किन थालिसकेको छ ।’
एक वर्षअघिबाट निर्माण कार्य सुरू भएको सो ढल ६ महिनाभित्र सक्ने सहमति भएको थियो । तर एक वर्ष वितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन । रत्ननगरमा ढल निर्माणको लागि सडक डिभिजन कार्यालय भरतपुरले विराज शक्ति शिव एनपी कम्पनीलाई ठेक्का दिएको थियो ।
ढल निर्माणको लागि ठेक्कामाथि ठेक्का दिइएको कारण निर्माण कार्य प्रभावकारी हुन नसकेको उपभोक्ताहरुको भनाइ छ । ‘ढल निर्माणको काम भइरहेको छ, निर्माण सामग्री राम्रो भएन भनेर ठेकेदारलाई खोज्दा कोही भेटिँदैन’, रत्ननगर नगरपालिकाका संस्थापक नगर प्रमुख नारायण वनले भन्नुभयो, ‘यहाँ त ठेक्कामाथि ठेक्का चलेको छ ।’
ढल निर्माणको काम अहिलेसम्म ८० प्रतिशत सकिएको सडक डिभिजन कार्यालयले दावी गर्दै आएको भएपनि धेरैजसो ठाउँमा स्ल्याप हालिएको छैन । नाली र स्ल्याब बनाउँदा पनि ठेकेदारले कमसल सामग्री प्रयोग गरेको भन्दै उपभोक्ताहरुले विरोधसमेत जनाएका छन् ।
स्ल्याब हालेको केही दिनमै फुट्न थालेको छ । कमसल सामग्री प्रयोग गरेको पाइएपछि उपभोक्ताहरुले ढल निर्माणकै क्रममा टाँडी र बकुलहरमा बनाइएको नाला र स्ल्याब भत्काएर विरोध जनाएका थिए ।
‘बालुवामा सिमेन्टी प्रयोग नगरेको पाइयो’, संस्थापक नगरप्रमुख वनले भन्नुभयो, ‘इँटा पानी पर्दा फुट्ने खालको प्रयोग गरिएको थियो ।’ उहाँले सबै ठाउँमा यस्तै सामग्री प्रयोग गरेको भए ढल एक वर्ष पनि नटिक्ने बताउनुभयो ।
रत्ननगरको बकुलहरदेखि टाँडीचोकसम्म राजमार्गको दुवैतर्फ ढल निर्माणको काम भइरहेको छ । ढल निर्माणको लागि सडक डिभिजन कार्यालयले ४३ लाखमा ठेकेदारलाई जिम्मा दिएको थियो । ठेकेदारले निर्माणको लागि पैसा अपुग भएपछि कमसल सामग्री प्रयोग गरेको पाइएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर शौरभ बज्राचार्यले कुनैकुनै ठाउँमा कमसल सामग्री प्रयोग गरेको पाइएकाले ठेकेदारलाई सचेत बनाइएको बताउनुभयो । अन्य ठाउँमा भने ढल निर्माण कार्य प्रभावकारी रुपले भइरहेको उहाँको भनाइ छ । बज्राचार्यले नगरवासीको दबाबका कारण स्ल्याप सेट नभई प्रयोग गर्नुपर्ने बाध्यताका कारण स्ल्याप फुटेको दावी गर्नुभयो ।
नगरपालिकाका निमित्त कार्यकारी अधिकृत सीताराम पोखरेलले ढल निर्माणको क्रममा लापरवाही भएको गुनासो आउन थालेपछि पछिल्लो समय नगरपालिकाले पनि अनुगमन गर्न थालेको बताउनुभयो ।

 

सभासद र महानिर्देशकबीच भनाभन
रत्ननगरको ढल निर्माणको विषयलाई लिएर चितवन क्षेत्र नंं.२ का सभासद् शेषनाथ अधिकारी र सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीबीच भनाभन भएको छ । ‘गुणस्तरहीन काम भयो, राम्रोसँग गर्नुहोस् भन्दा महानिर्देशक ममाथि खनिए’, सभासद् अधिकारीले बताउनुभयो ।
‘काम राम्रो हुनुप¥यो भन्दा उपभोक्ताले काम गर्न दिँदैन्न भनेर महानिर्देशक कडकिनु भो’, सभासद् अधिकारीले भन्नुभयो, ‘मैले भने, टाँडीवासीले काम गर्न रोक्दैनन् । तर तपाईहरुले राम्रो काम गर्नुप¥यो ।’ उहाँले गुणस्तरीय काम गर्ने विषयमा महानिर्देशकलगायतका व्यक्तिहरु गम्भीर नभएका कारण प्रभावकारी काम हुन नसकेको बताउनुभयो ।

Related Posts

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

Chitwan Post

छतबाट खसेर वृद्धाको मृत्यु

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In