एक किलो ७०० ग्राम गाँजसहित युवक पक्राउ

अन‌ि यो पनि

चितवन १८ बैशाख । जिल्ला प्रहरी कार्यालय चितवनले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। यही बैशाख १६ गते दिउँसो भरतपुर २१ रतनपुरमा सोही स्थान बस्ने वर्ष २१ का रुपेश भनिने दीपेश विकलाई गस्ती टोलीले पक्राउ गरेको हो। गस्ती टोलीलाई आशंका लागि चेकजाँच गर्ने क्रममा विकको साथबाट एक किलो ७०० ग्राम लागूऔषध गाँजासमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिए। पक्राउ परेका विकमाथि थप अनुसन्धान भइरहेको उनले बताए।

प्रतिकृया

मुख्य समाचार

नवलपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नवलपुर, ३० जेठ । नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । आइतबार थप ३ जनाको निधन...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया