चितवनका तीन अस्पतालमा १५६ संक्रमित उपचाररत

अन‌ि यो पनि

भरतपुर । चितवनका तीन वटा अस्पतालमा कोरोनाका १५६ जना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ८१ जना, चितवन मेडिकल कलेजमा ३८ जना र पुरानो मेडिकल कलेजमा ३७ जना संक्रमित उपचाररत छन् ।

तीन वटा अस्पतालका भेन्टिलेटरमा ८ जना र आइसियूमा २४ जना संक्रमितले उपचार गराइरहेका छन् ।
शुक्रबार भरतपुर अस्पतालको भेन्टिलेटरमा १ जना, आइसियूमा ६ जना र एचडियूमा २५ जना लगायत ८१ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए । भरतपुर अस्पतालको एचडियू बेड विरामीले भरिएको छ ।

त्यस्तै, चितवन मेडिकल कलेजको भेन्टिलेटरमा ५ जना, आइसियूमा १० जना, एचडियूमा दुई जना लगायत ३८ जना र पुरानो मेडिकल कलेजको भेन्टिलेटरमा दुई जना, आइसियूमा आठ जना र एचडियूमा १७ जना लगायत ३७ जना संक्रमित उपचाररत छन् ।

संक्रमितको उपचार गर्न भरतपुर अस्पतालमा ११० बेड (१० बेडको आइसियू, २५ बेडको एचडियू र ७५ बेडको साधारण आइसोलेसन) र चितवन मेडिकल कलेजमा ११३ (गम्भिर खालको विरामीलाई ४६ बेड, ३३ बेडको आइसियू र २५ बेडको साधारण कोभिड वार्ड)को व्यवस्था गरिएको छ ।

यसैगरी पुरानो मेडिकल कलेजमा सय बेड (१६ बेडको आइसियू, ६ बेडको एनआइसियू र ७८ बेडको एचडियू)को व्यवस्था छ ।

चितवनका मात्रै सक्रिय संक्रमितको संख्या आठ सय नाघेको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या ८३६ पुगेको छ ।

प्रतिकृया

मुख्य समाचार

चितवनका अस्पतालमा उपचार गर्ने संक्रमित घट्दै, भेन्टिलेटरमा २१ सहित आइसियूमा ९९ उपचाररत

चितवन, ११ असार । चितवनका अस्पतालमा शुक्रबार २२२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। तीमध्ये...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया