‘चितवनसहित २२ जिल्लामा कोरोना संक्रमण डरलाग्दो’

अन‌ि यो पनि

भरतपुर । स्वास्थ्य मन्त्रालयले चितवनसहित २२ जिल्लामा कोरोना भाइरसको संक्रमण डरलाग्दो रुपमा फैलिएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले विज्ञप्ति जारी गरी चितवन, मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना भाइरसको संक्रमण डरलाग्दो रुपमा फैलिएको जनाएका छन् ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चितवनसहित यी २२ जिल्लामा अस्पतालमा राखेर उपचार गराउन सक्ने अवस्था पनि नरहेको जनाइएको छ । मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न सबै पक्षलाई विज्ञप्तिमा आग्रह गरिएको छ ।

‘मास्क लगाउन, भौतिक दुरी कायम गर्न, सार्वजनिक स्थलहरुमा भिडभाड गर्ने गराउने कामहरु बन्द गर्न अत्यन्त जरुरी छ’ विज्ञप्तिमा भनिको छ ।

प्रतिकृया

मुख्य समाचार

व्यवसाय सञ्चालन सहज बनाइदिन फेन्सी व्यवसायीको अपिल

भरतपुर । फेन्सी व्यवसायी संघ चितवनका अध्यक्ष माधवप्रसाद अधिकारीले कोभिड–१९ को घट्दो संक्रमण दरलाई मध्यनगर गर्दै अविलम्ब व्यवसाय तथा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया