श्रमिक दिवसको सन्दर्भ

अन‌ि यो पनि

हामी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन गैरहेका छौँ । हरेक वर्षको मई १ लाई विश्वभरका मजदुरहरुले आफ्ना हकअधिकारका लागि भनेर यस दिवसलाई विशेष प्रकारले मनाउने गरेको पनि पाइन्छ । ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने मूल नारासहित सन् १८८६ मा सुरू हुनपुगेको मजदुर आन्दोलनको स्मरणमा विश्वभर नै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आइएको छ । १३२औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको संस्करणका रुपमा अघि आएको यो दिवसलाई भने पोहोरझैँ यसवर्ष पनि कोभिड–१९ ले नराम्रोसँग प्रभाव पार्न पुगेको छ । गत वर्षझैँ यो वर्ष पनि श्रमिक दिवसको अवसर पारेर देशमा क्रियाशील ट्रेड युनियनहरुले कुनै पनि औपचारिक कार्यक्रमहरु राखेको पाइएको छैन । मजदुर दिवसका नाममा त हरेक वर्ष त्यसलाई कतै न कतै सम्झिने परम्परा त यथावत् नै रहेको भए पनि त्यसले खासरुपमा प्रभाव भने छोड्न नसकेको सन्दर्भलाई यहाँ उल्लेख गर्न सकिन्छ ।

श्रम बेचेर जीविकोपार्जन गर्नेहरु सधैँ हरेक प्रकारका शोषणहरुमा पर्ने गरेको कुरा आज पनि सही साबित भैरहेछ । आज पनि मालिक र श्रमिकहरुबीचको दूरी कम भएको नभई अझ बढ्दै गैरहेको नै प्रतीत हुन्छ । कतिपय ठाउँमा त श्रमिकहरुलाई सक्दो काममा दलाएर पनि उचित पारिश्रमिक नदिएका प्रशस्तै उदाहरणहरु हाम्रो समाजमा छरपस्टरुपमा अवस्थित छन् । हरेक श्रमिकले गरेको श्रमअनुसारको श्रेणी विभाजन हुनुपर्ने खाँचो आजको अपरिहार्य आवश्यकता बनिरहेको सन्दर्भमा श्रमको मूल्यप्रति अन्याय हुनुहुँदैन भन्ने आवाज शक्तिशालीरुपमा उठ्दै गएको पाइनुले केही राहत नदिएको भने होइन । केन्द्रमा एमाले, कांग्रेस र माओवादी केन्द्रनिकट रहेर काम गर्ने ट्रेड युनियन संघ÷सङ्गठनहरुको उपस्थिति नरहेको होइन, तर पनि श्रमिकहरुका हक र हितमा खासै दलहरुले काम गर्न नसकेको घामजत्तिकै छर्लङ्ग छ । मजदुरहरुलाई केवल दलहरुले भोट बैंकका रुपमा मात्रै प्रायः उपयोग गर्ने गरेको तीतो सत्य हाम्रासामु छ ।

सधैँ नै श्रमिकहरुलाई साक्षी राखेर उनीहरुको नाममा दिवस मनाइरहने तर त्यो प्रक्रिया केवल औपचारिकतामा मात्र सीमित भैरहने हो भने यस्तो प्रकारको दिवसको सान्दर्भिकता र मह¤वप्रति औँला उठ्नु अस्वाभाविक छैन । आज पनि देशमा वर्गीय खाडल यति ठूलो छ कि जसलाई तत्कालै पुर्न सक्ने अवस्था देखिँदैन । काम लगाउने र काम गर्नेबीचमा जबसम्म सुमधुर सम्बन्ध विकसित हुँदैन तबसम्म वर्गीय दूरी कम हुन सक्ला भन्ने कुरामा सदैव शङ्का उत्पन्न भैराख्ने निश्चित छ । श्रमिकले भोग्दै आएका साझा समस्याहरुमाथि सम्बोधन गर्नपर्नु आवश्यकतालाई सरोकारवालाहरुले यस सन्दर्भमा आफूलाई विश्वसनीय ढङ्गले प्रस्तुत गर्नुपर्ने खाँचो छ । श्रमिकहरुले दिनानुदिन भोगिरहेका समस्याहरुलाई समाधान गर्नका लागि चौतर्फीरुपमा दबाब दिनुपर्ने खाँचो पनि त्यत्तिकै रहेको देखिन्छ । श्रम क्षेत्रमा प्रायः देखिइरहने अवस्थालाई लिएर स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको भूमिका अहिलेको परिप्रेक्ष्यमा सर्वाधिक रहेको छ, त्यसैले ती जिम्मेवार निकायहरुले आफूलाई श्रम र श्रमिकको हकमा सगर्व उभ्याएको खण्डमा मेहनत गर्ने वर्गको जीवनमा परिवर्तन आउन असम्भव पनि छैन ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया