ADVERTISEMENT
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१५ माघ २०७७, बिहीबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

माडीलाई नगरपालिका बनाउन सिफारिस

by चितवन पोष्ट
२०७१ श्रावण १०, शनिबार ०२:४५ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

माडी । चितवनको माडी क्षेत्र पनि नगरपालिका घोषित हुने भएको छ । जिल्लास्तरीय नगरक्षेत्र निर्धारण तथा सिफारिस समितिले माडीका चारवटै गाविसहरु समेटी माडी नगरपालिका बनाउन नेपाल सरकारलाई सिफारिस गरेसँगै त्यसको तयारी भएको हो ।
नगरपालिकाको केन्द्र हालको बघौडा गाविस वडा नं ३ रहेको बसन्तपुर बजार रहने तथा हालका चारवटै गाविसहरुमा ३÷३ वटा वडा कायम हुने प्रस्ताव गरिएको छ । कुल १२ वटा वटा वडाहरु रहनेगरी २१८ वर्ग किलोमिटर क्षेत्रमा फैलने माडी नगरपालिकाले पूर्वमा बाँदरझुलादेखि पश्चिममा वाल्मीकि आश्रमलाई समेट्ने छ । गत २०६८ को जनगणना अनुसार यस क्षेत्रको स्थायी जनसङ्ख्या ३७ हजार ६८३ रहेको छ ।
त्यसैगरी माडीसँगै शुक्रनगर, अमृतनगर र टाँडी समेटी नारायणी नगरपालिकाको नामबाट चितवनमै अर्को एक नयाँ नगरपालिका थप्ने तथा भरतपुर नगरपालिकाको क्षेत्र बिस्तार भई उपमहानगरपालिका हुने प्रस्ताव गरिएको छ ।
प्रस्तावित नारायणी नगरपालिका र भरतपुर उपमहानगरपालिकाले क्रमशः १२ वटा वडाहरु समेट्दै ७२.६ तथा २९ वटा वडाहरु समेटी २४२.३ वर्गकिलोमिटर क्षेत्र ओगट्ने छन् भने त्यहाँको अनुमानित जनसंख्या क्रमशः ३९ हजार ९०७ र १ लाख ९९ हजार ९०७ रहने छ । भरतपुरँंगै इटहरी, जनकपुर, हेटौंडा, बुटवल, नेपालगञ्ज र धरानलाई समेत उपमहानगरपालिका बनाउन प्रस्ताव गरिएको छ ।
सरकारले गत वैशाख २५ गते ७२ वटा नयाँ नगरपालिका घोषणा गरेको तीन महिना नपुग्दै थप ६१ वटा नगरपालिका घोषणाको तयारी गरेको हो । हाल प्रस्तावित नगरपालिकाहरुका लागि सरकारले विशेष मापदण्ड लागू गरेको छ ।
जसअनुसार तराई तथा भित्री मधेशक्षेत्रका प्रस्तावित नगरपालिकाहरुमा न्यूनतम् २० हजार जनसंख्या र वार्षिक आयश्रोत न्यूनतम् ५० लाख रुपैयाँ निर्धारण गरेको छ । त्यसैगरी उक्त स्थानमा सडको पहुँच, शैक्षिक अवस्था, स्वास्थ्य सुविधा, खानेपानी, फोहोरमैला व्यवस्थापन, होटल, पार्कको सुविधा, खेल मैदानको उपलब्धता आदि मापदण्डहरु पनि पूरा गरेको हुनुपर्ने व्यवस्था रहेको छ ।

Related Posts

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

संरक्षक नै गुमाएपछि…

संरक्षक नै गुमाएपछि…

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

पुनको ४७औँ जन्मोत्सवमा आर्थिक सहयोग

Discussion about this post

अन‌ि यो पनि

काँग्रेसद्वारा रुकुमपश्चिम घटनाका दोषीलाई कारबाही गर्न माग
राजनीति

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारबाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिस्ट पार्टी...

Read more
चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

चितवनमा कोरोनाविरुद्धको खोप लगाउन सुरु

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

विश्वभर कोरोना सङ्क्रमितको संख्या दस करोड नाघ्यो

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

कोरोना खोप लगाएका भन्छन्- “ढुक्क भएर लगाउनुहोस्”

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क खोप : प्रधानमन्त्री

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In