धर्म, संस्कृति, संस्कार र मौलिक सभ्यता [चिन्तन–मनन]

अन‌ि यो पनि

धर्म चानचुने कुरा हैन, बरू सबैभन्दा ठूलो कुरा धर्म हो । धर्म भनेको वृक्ष हो । संसारका प्राणी र वस्तुहरु धर्ममा अडिएका हुन्छन् । धर्मको रक्षा मानिसले गर्नुपर्दछ, मानिसको रक्षा धर्मले गर्दछ । धर्म भनेको मानिसको जीवनपद्धति हो ।

धर्म मान्नेलाई धार्मिक मानिस भनिन्छ । धर्म थरीथरीका छन् : हिन्दु, मुस्लिम, क्रिश्चियन आदि । धर्म नमान्नेलाई धर्मछाडा भन्ने प्रचलन छ । धर्म व्यक्ति वा वस्तुको मूल प्रवृत्ति हो, मानिसको स्वाभाविक गुण हो । नियमित र निर्धारित काम र व्यवहार हो । स्वर्ग प्राप्त हुन्छ भन्ने लोकविश्वासको सुकर्म पुण्य कर्म हो । लोकहितका लागि स्वीकारिएको कर्तव्य कर्म सदाचार धर्म हो ।

धर्म शब्दको अर्थ हो, ईश्वरप्रतिको विश्वासले गरिने पूजाको पद्धति । विभिन्न धर्म मान्नेहरुको शब्द र उद्देश्य पनि भिन्न हुन सक्दछ । हामी हिन्दुहरुको मूलभूत आफ्नै स्वभाव हुन्छ । यही नै मानवधर्म हो भन्ने मान्यता रहेको पाइन्छ । धर्म भनेको व्यावहारिक वस्तु हो । धर्मका बारेमा ठूला–ठूला कुरा गरेरमात्रै धर्मको पालना हुँदैन । यदि हामी साँच्चै नै असल र धर्मपालक बन्न चाहन्छौँ भने धर्मशास्त्रको अध्ययनका साथै ऋषिमुनिहरुबाट निर्देशित मार्ग र सिद्धान्तलाई व्यवहारमा लागू गर्नु अतिआवश्यक ठानिएको छ ।

धर्म धेरै किसिमका छन् : वैदिक धर्म, शैवधर्म, वैष्णव धर्म, बौद्ध धर्म, दयाधर्म, विशेष धर्म, विद्या धर्म, वर्णाश्रम धर्म, ब्राह्मण धर्म, क्षेत्रीय धर्म, वैश्यधर्म, शूद्रधर्म र सामान्य धर्म । धर्म के हो र किन मान्ने ? भन्नेबारेमा अझै पनि बहस कम भएको छैन ।

संस्कृति

संस्कृति भनेको अनादिकालदेखि प्रचलनमा आएको परम्परा हो । संस्कृति भनेको सभ्यता होइन । सभ्यता कहिलेदेखि सुरू भयो भनेर मोटामोटीरुपमा भन्न सकिएला, तर संस्कृति कहिलेदेखि सुरु भयो भन्नेबारेमा अनुमान गर्न असम्भव भएकाले संस्कृति भनेको अनादिकालदेखि चलेको परम्परा हो भन्ने बुझ्नु परेको छ ।

संस्कृति र परम्परा आआफ्नै हुन्छन् । देशको नागरिकता हुन्छ, राष्ट्रियता हुन्छ, राष्ट्रभाषा हुन्छ, राष्ट्रिय पर्वहरु हुन्छन् तर संस्कृति भनेको जातजाति, गोष्ठीको मात्रै हुन्छ देशको संस्कृति हुँदैन । राई, याख्खा, आठपहरिया तथा लिम्बूहरुको आफ्नै संस्कृति छ । हाम्रो देशमा धेरै जातजाति भएका हुनाले संस्कृति धेरै छन् । संविधानले पनि यो कुरा स्वीकारेर बहुजाति, भाषा, धर्म, संस्कृति भनेकै छ ।

संस्कार

संस्कार भनेको अनुशासित जीवनपद्धतिमा डोहो¥याउने माध्यम हो । संस्कारले हामीलाई सही मार्गदर्शन गर्छ ।
मनुस्मृतिमा भनिएको पनि छ–
जन्मना जायते शूऽ
संस्काराद् द्विज उच्यते ।
वेद–पाठात् भवेत् विप्रः
ब्रह्म जानाति ब्राह्मणः ।।

अर्थात्, जन्मँदा सबै मानिस शूद्र हुन्छन्, संस्कार गरेपछि द्विज हुन्छन्, नियमपूर्वक वेद पाठ गर्नेहरु विप्र हुन्छन् भने ब्रह्मवेत्ताहरु ब्राह्मण हुन्छन् ।

हुन त संस्कार, धर्म, सम्प्रदाय, परम्परा, संस्कृति इत्यादि समानार्थीरुपमा प्रयोग गरिने चलन छ, तर यिनमा फरक पनि उत्तिकै छ । संस्कार शब्दले पूर्ण गराइएको, तरासिएको, परिष्कार गरिएको वा सफा गरिएको भन्ने अर्थ बोध गराउँछ ।

जसरी फलामको धाउलाई संस्कार र परिष्कार गरेपछि खिया नगाग्ने स्टील बन्छ । हीरा र मणिलाई तरासिएपछि चमक आउँछ, मानिसमा पनि संस्कारले त्यस्तै गुण आउँछ भन्ने विश्वास संस्कार दर्शनको छ ।

विश्वका प्रायः सबै सभ्य संस्कृतिमा विविध संस्कारहरु पाइन्छन् । यी सबैको उद्देश्य मानिसलाई प्रतिभावान्, अनुशासित र असल सामाजिक नागरिक बनाउनु हो ।

यतोभ्युदयनिः श्रेयससिद्धिः स धर्मः

तब कहाँनेर छ विवाद अस्वीकार गर्नुपर्ने ठाउँ ! ऋग्वेदमा भनिएको छ कि एक्लै खानेवाला पापी हो र बाँडेर खानेवाला पुण्यभागी हो, उसले धर्म पाउँछ । यस्तो मानवतावादी धारणालाई कुनै सम्प्रदायको भनेर कसैले आलोचना गर्न सक्छ । वास्तवमा समस्त विश्वको साझा विश्व धर्म बन्न वेदद्वारा निर्देशित गरिएअनुरुपको धर्ममात्र सक्षम छ । यदि विभिन्न सम्प्रदायगत ट्रेडमार्कहरुमध्येबाट रोज्नु परेमा चाहिँ जसले वेदको उत्तराधिकार बोकेको छ त्यहीतर्फ हामी फर्कनुपर्ने हुन्छ ।

धर्म अवलम्बन गर्नुको मतलब धर्मका नाममा मारकाट मच्चाउनु वा द्वेष फैलाउनु भनेको पटक्कै होइन । धर्मका नाममा लडाइँ, मारकाट, हिंसा, शस्त्रास्त्रको उपयोग आदि इत्यादि त राजनीति हो, अर्थनीति हो तर धर्मनीति होइन । कहिलेकाहीँ ती पनि आवश्यक पर्लान्, तर तिनलाई नै धर्म मान्नु गलत हो । धर्मयुक्त जीवनमा तीबाट प्रायः पर रहनुपर्दछ । कर्म रीतिरिवाज, विधिविधान, चालचलन, प्रथा आदि जस्ता भौतिक क्रियाकलापमा अनेकता भएकै निहुँमा शस्त्रास्त्रको बलमा अरुलाई आफ्नो मतमा तान्न जेहाद र क्रुसेडहरु गर्नु धर्म होइन । एउटा धार्मिक व्यक्तिले अर्को व्यक्तिलाई पनि आफूजस्तै देख्ने हुनाले त्यहाँ परपीडा हुँदैन, द्वेष हुँदैन, क्रोध हुँदैन, झैझगडा र मारकाट हुँदैन, हिंसा हुँदैन । परोपकार उसको जीवनको स्वाभाविक कर्म हुन्छ ।

सर्वे भवन्तु सुखिनः को भावनाले भरिपूर्ण हुन्छ धार्मिक व्यक्ति । धर्म मानवताको उच्चतम स्वरुप भएकाले वसुधैव कुटुम्बकम्लाई स्वतः आत्मसात् गरेको हुन्छ, हुनुपर्छ । तब कुटुम्ब–कुटुम्बबीचमा पनि केको युद्ध !

सावधान !

सनातन र हिन्दु अलग भनेर, खस र आर्य अलग भनेर, किराँत र युमा साम्यो अलग भनेर, मधेसी र दरभङ्गिया अलग भनेर नै हो, अब पराईहरुले नेपालमा फुटाउने, लडाउने ।

पहिले खस आर्य र दलित अलग लेखेर, मधेसी र पहाडी भन्ने विपरीत पार्न प्रयास गरेर, आदिवासी जनजाति र अन्यको कित्ताकाट घुसाएर आपसमा फुटाउने, लडाउने प्रयास गरे । केही सफलता पाए । अब झन् सघन बनाउँदै छन् कित्ताकाट, फुट, झगडा । हामी एकताको सूत्रमा आबद्ध रहौँ ।

[email protected]

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया