कोभिडमय बन्दै भरतपुर अस्पताल

अन‌ि यो पनि

चितवन १७ वैशाख । भरतपुर अस्पताल कोभिडमय बन्ने अवस्थामा पुगेको छ । अस्पतालमा कोभिड–१९ संक्रमितको भर्ना हुने क्रम बढ्दै गएपछि अस्पतालले धान्न नसक्ने अवस्थामा पुगेको अस्पतालले जनाएको छ ।

‘पछिल्लो १२ घण्टामा २५ जनाको दरले संक्रमितको भर्ना हुने गरेको छ । यही अवस्था रहिरहने हो भने अबको ४८ घण्टापछि गर्भवती सेवा, सुत्केरी सेवा, आइसीयू, एनआइसीयू, अप्रेशन थिएटर, पोष्टअप र डायलासिसबाहेक अस्पताल नै कोभिडमय हुनेछ,’ भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले भने ।

अस्पतालमा उपचाररत सबै संक्रमितलाई अक्सिजनको लगाउनुपरेको उनले बताए । ‘सबैभन्दा बढी फ्लोमा अक्सिजन लगाउँदा पनि बिरामीको ज्यानमा अक्सिजनको कमि अनुभवले मलाई अक्सिजन पुगेन भन्ने गुनासो,’ उनले भने, यस्तो अवस्थामा हाम्रो टिमले का मगर्दैछ । त्यसैले सबै गम्भीर हुने बेला आयो ।’

चितवनमा संक्रमितको अवस्था जटिल बन्दै गएको हुँदा कोभिड–१९ विरूद्ध लापारवाही नगर्न पनि डा अधिकारीले सुझाव दिएका छन् । होम आइसोलेसनमै रहेकाहरूले पनि अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गर्ने र नियमित स्वास्थ्यकर्मीको निगरानीमा रहन उनले आग्रह गरे ।

प्रतिकृया

मुख्य समाचार

नेपाल प्रहरीका १६ डिआइजीको सरुवा, फेरिए सातै प्रदेशका प्रहरी प्रमुख

काठमाडौँ ०७ असार । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को सरुवा गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया