कोरोनाकालमा राजनीतिक गाईजात्रा !

अन‌ि यो पनि

देशमा कोरोना ह्वारह्वार्ती आगोझैँ सल्किरहेको छ । सम्पूर्ण देश नै एकप्रकारले लकडाउनमा समेत गैसकेको अवस्था छ । कोरोनाकै कारण विगत एक वर्षभन्दा पहिलेदेखि नै प्रताडित रहेका जनसमुदायको घाउमा कहीँकतैबाट अझैसम्म मलम लाग्न नसकिरहेको अवस्था त्यत्तिकै जिउँदो छ । तर, यस्तो विषम परिस्थितिमा समेत सत्ता राजनीतिको खेलमा निमग्न नायकहरुलाई त्यसको कुनै पर्वाह भएको पाइँदैन । अझै पनि कार्यकर्ताहरु बटुलेर भीडभाडमा रमाउँदै भाषण गर्न पाउँदा मस्त र आनन्दित देखिने दलीय नेतृत्व हाँक्ने अगुवाहरु कोरोनाले लामो समयदेखि सर्वसाधारणहरुको जीवन थिलोथिलो बनाइसक्दासमेत आफूलाई गैरजिम्मेवाररुपमा प्रस्तुत गरिरहेको नै पाइएको छ । कोरोना महामारीलाई लिएर विदेशका कतिपय मुलुकहरुमा देखिएकोजस्तो उच्च संवेदनशीलता र गम्भीरता यहाँ राजनीतिक नेतृत्व तहमा पुगेकाहरुबाट पाइएको नदेखिनु दुर्भाग्यपूर्ण छ भन्न यतिखेर करै लाग्छ ।

सर्वसाधारणहरुका प्राथमिकतालाई निक्र्योल गर्न असफल रहेका चाहे सत्तापक्ष वा प्रतिपक्षहरु नै किन नहून्, हालैका दिनहरुमा केन्द्रमा मात्रै नभएर प्रदेश प्रदेशमा मुख्यमन्त्री राख्ने कि गिराउने खेलमा आफूहरुलाई केन्द्रित गर्न पुगेको जगजाहेरै छ । सर्वसाधारणहरुका लागि राजनीति राहत हुनुपर्नेमा आहत भैरहेको देखिँदा कुनचाहिँ संवेदनशील नेपालीको मन नरोला ! जनताका दैनिक समस्याहरुको चाङ घट्दो होइन, बढ्दो क्रममा छन् । हरेक क्षेत्रमा महँगीको ताण्डवले हाल सीमा नाघिसकेको स्थिति छ । उपलब्ध रहेका र प्राप्त भएका रोजगारीहरुमा समेत कोरोना महामारीको प्रताडनास्वरुप अङ्कुश लाग्दै गएको डरलाग्दो स्थिति देशमा विद्यमान छ । आर्थिक वृद्धि गत वर्षझैँ ओरालो लाग्न थालिसकेको छ । यस्तै स्थितिले निरन्तरता पाइरहने हो भने आगामी दिनहरु समेत ठूलो मन्दीको खतराबाट गुज्रन सक्ने अवस्था सिर्जना भैरहेको देखिन्छ । रोग, शोक र भोकले जनता दिनानुदिन प्रताडित हुँदै गएकोप्रति पूरै आँखा चिम्लिएर सत्ता र कुर्सीको हानाथापमै मात्र लामो समय गुजार्दै सत्तापक्ष वा प्रतिपक्षको निरन्तर संलग्नता देखिनुले गैरजिम्मेवारीपनको पराकाष्ठालाई प्रकट गरेको छ भन्दा अन्यथा हुँदैन ।

राजनीतिक नेतृत्व तहले कोरोना त्रासदीलाई कसरी कम गर्ने, स्वास्थ्य सामग्रीहरुको अभावमा खेर गैरहेको नागरिकहरुको जीवनलाई कसरी सुरक्षित गर्ने, सङ्कटको बढ्दो अवस्थामा संघीयताको भूमिका झन् बढी किन हुन्छ भन्दै प्रमाणित गर्ने र प्रदेश तथा स्थानीय संरचनालाई महामारीको यस प्रतिकूल परिस्थितिमा त्यसको रोकथामका लागि सक्रिय बनाउनुपर्नेमा केवल सत्ता र शक्तिको खेल मञ्चनमै आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गरेको देखिनुले निरन्तर गाईजात्राको प्रहसन प्रदर्शन भैरहेको प्रतीत हुन्छ । ‘रोम जलिरहेको छ, तर निरो बाँसुरी बजाइरहेको छ’ भन्ने उखानलाई आफ्नो जीवनमा धर्म र कर्म बनाउँदै प्रतिनिधित्व गर्ने दलीय नेतृत्वहरुलाई जनताहरुले नै भोट दिएर जिताएका हुन् भन्न लाज लाग्ने अवस्था आइसकेको छ । हाल जनतालाई परेको पीडा र दुःखकष्टमा साथ दिन नसक्नेहरु खासमा जनप्रतिनिधिहरु भनाउन लायक छन् कि छैनन्, अब सोच्नुपर्ने स्थिति बनिसकेको छ ।

प्रतिकृया

मुख्य समाचार

मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश : २० मन्त्री जिम्मेवारीमुक्त

काठमाडौँ । सर्वोच्च अदालतले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया