पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाह आइसियूमा भर्ना

अन‌ि यो पनि

काठमाडौँ । पूर्वमहारानी कोमल राज्यलक्ष्मी शाहलाई सघन उपचारकक्ष (आइसियू) मा राखेर उपचार भइरहेको छ । श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई बुधबार साँझदेखि आइसियू कक्षमा राखेर उपचार गरिएको नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार पूर्वमहारानी कोमललाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार भइरहेको छ । “अक्जिनसको मात्रा कम भएकाले उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखिएको छ”, उनले भने । यस्तै पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि अक्सिजनको सपोर्टमा राखेर उपचार भइरहेको छ ।

उनकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहको अवस्था भने सामान्य रहेको छ । केही दिनअघि कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनीहरु तीनै जनालाई अस्पतालमा भर्ना गरिएको थियो । रासस

प्रतिकृया

मुख्य समाचार

रेडक्रसद्वारा ८५ परिवारलाई खाद्य सामग्री

रत्ननगर । नेपाल रेडक्रस सोसाइटी उपशाखा बछौलीले दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई खाद्यान्न वितरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया