चितवनमा कोरोना सङ्क्रमित बढेको बढ्यै, बढ्न थाल्यो अक्सिजनको माग

अन‌ि यो पनि

भरतपुर । चितवनमा कोरोना सङ्क्रमितको संख्यामा तीव्र वृद्धि हुँदै गएपछि अक्सिजनको माग पनि बढेको छ । सामान्य लक्षण भएका, अक्सिजन चाहिने र निमोनिया भएका सङ्क्रमितको संख्या बढ्दै गएपछि अक्सिजनको माग ह्वात्तै बढेको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ ।

‘सामान्य लक्षण भएका, अक्सिजन चाहिने र निमोनिया भएका बिरामी हामीसँग ठोक्किन आएका छन्, त्यसैले पनि अरुबेलामा भन्दा हिजोआज अक्सिजनको माग बढेको हो’, भरतपुर अस्पताल कोभिड–१९ विभाग प्रमुख डा. प्रमोद पौडेलले भने ।

भरतपुर अस्पतालमा उपचाररत ४८ जना सङ्क्रमितमध्ये एक–दुई जनाबाहेक सबैलाई अक्सिजनको सहयोगमा उपचार गराइरहेको उनले बताए । भरतपुर अस्पतालले सञ्चालन गर्दै आएको अक्सिजन प्लान्टले पनि धान्न नसकेर बाहिरबाट अक्सिजन मगाउनु परेको उनले सुनाए ।

‘अक्सिजनको माग अत्यधिक बढेकोले भरतपुर अस्पतालले सञ्चालन गरेको प्लान्टबाट उत्पादन भएको अक्सिजनले पनि माग धान्न सकेको छैन’, उनले भने, ‘आइसियू र एचडियूमा प्लान्टबाटै सीधै अक्सिजन जाने र निरन्तर दिइरहनुपर्ने भएकोले पनि भएका सिलिन्डर भर्नै पाएका छैनौँ ।’

उनका अनुसार भरतपुर अस्पतालमा अहिले ५४ वटा ठूला सिलिन्डर छन् भने २० वटा मझौला र १० वटा साना सिलिन्डर छन् । त्यतिले पनि नपुगेर थप २५ वटा सिलिन्डर खरिद गर्ने प्रक्रियामा रहेको डा. पौडेलले बताए । ‘अस्पतालले उत्पादन गर्दै आएको प्लान्टबाट २४ घन्टामा ६०० वटा सिलिन्डर भर्न सकिन्छ, तर बिरामीलाई निरन्तर अक्सिजन दिइरहनुपर्ने भएकोले माग धान्नै सकेको छैन’, उनले भने ।

उनका अनुसार हाल भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितसहित ३५ जना बिरामीलाई प्लान्टबाट सीधै अक्सिजन दिएर उपचार गराइरहिएको छ ।

कोरोना सङ्क्रमितको उपचार भइरहेको आइसियू, एचडियूसहित अन्य बिरामीको आइसियू, पोस्टअप, अप्रेसन थियटरलगायतका विभागमा प्लान्टबाट सीधै अक्सिजन जडान गरिएको छ । पछिल्लो केही दिनयता निरन्तर बढ्दै गएको सङ्क्रमितको संख्या अबको १० दिनसम्ममा पनि नियन्त्रणमा नआए कोरोना सङ्क्रमितका लागि छुट्टयाएका सबै अस्पतालको शøया भरिने उनले अनुमान लगाए ।

अहिले जटिल खालका सङ्क्रमितको संख्या बढ्दै गएकोले जनरल वार्डमा केही शøया खाली भए पनि अवस्था यस्तै रहे ती शøया कुनै पनि खाली नरहने उनको भनाइ छ ।

चितवन मेडिकल कलेज अस्पताल (सिएमसी)मा भने आफ्नै प्लान्ट भएकोले तत्काललाई अक्सिजनको अभाव नहुने अस्पतालका कोभिड–१९ सञ्चार संयोजक डा. किशोर अधिकारीले बताए । ‘हाम्रो अस्पतालमा आफ्नै प्लान्ट भएकोले खासै समस्या छैन’, उनले भने, ‘प्लान्टबाट सीधै बिरामीलाई दिन सकिने व्यवस्था भएकोले अक्सिजनकै अभावमा उपचार नहुने समस्या हामीमा छैन । तर, केही दिनअघिको तुलनामा अक्सिजनको माग र खपतचाहिँ धेरै नै बढेको छ ।’ अवस्था भयावह बन्दै गएकोले बेलैमा सतर्क रहनुको विकल्प नरहेको उनले बताए ।

प्रतिकृया

मुख्य समाचार

उपत्यकामा आजदेखि बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काडमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया