ADVERTISEMENT
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
  • Login
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
१४ माघ २०७७, बुधबार
Chitwan Post Daily | चितवन पोष्ट दैनिक
No Result
View All Result

आमा बन्न बाध्य जबरजस्तीमा परेका किशोरीहरु

by चितवन पोष्ट
२०७१ श्रावण ९, शुक्रबार ०२:५४ गते
in समाचार, समाज
0
Chitwan Post
0
SHARES
Share on FacebookShare on Twitter

बसन्त पराजुली
भरतपुर । तेह्र वर्षीया किशोरीले जन्माएको शिशु अहिले एसओएस बालग्राम भरतपुरको संरक्षणमा छ । कठारकी ती किशोरीले असार २६ गते भरतपुर अस्पतालमा शिशुलाई जन्म दिएकी हुन् ।
‘गएको वर्ष दसँैको दिन छिमेकीको घरमा टिभी हेर्न जाँदा बलात्कारमा परिछन्’, ती किशोरीलाई अहिले संरक्षण दिँदै आएको संस्था आदर्श गृहकी अध्यक्ष मीना खरेलले भन्नुभयो, ‘बालकै हँुदा गर्भ रह्यो, अनि बालिकाले कसरी शिशुको संरक्षण गर्न सक्लिन् भनेर बालग्रामलाई संरक्षणका लागि जिम्मा दिइएको हो ।’
किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अहिले कठारकै चन्द्रबहादुर क्षेत्री अनुुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । शिशुकी आमा किशोरीले पनि क्षेत्रीले नै जबरजस्ती करणी गरेको प्रहरीमा बयान दिएकी छिन् ।
यस्तै गत वर्ष साउन १० मा पदमपुरकी १३ वर्षीया किशोरीले पनि छोरो जन्माइन् । उनको पनि घटना उस्तै छ । ती किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग लागेका पदमपुरकै रामराज खनाल अहिले चितवन जिल्ला अदालतको फैसलाअनुसार ११ वर्ष तीन महिना जेल सजाय भोग्दै छन् ।
पछिल्लो समय चितवनमा साना बालिका तथा किशोरीहरु असुरक्षित हुदैँ छन् भन्ने उदाहरणका पात्रमात्रै हुन् यी दुई किशोरी । अझै यसरी जबरजस्ती करणीमा पर्ने यस्ता किशोरीहरुमा गर्भ रहँदा त्यसले उनीहरुको शारीरिक तथा मानसिक वृद्धिमा पार्ने असरको कतै ब्याख्या विश्लेषण भएको पाइँदैन । महिला अधिकारकर्मी समेत रहेकी अध्यक्ष खरेल आफँै बालिका आमा हुँदा त्यसले पार्ने असरका बारेमा विश्लेषण हुन जरुरी रहेको बताउनुहुन्छ ।
‘बाह्र तेह्र वर्ष आफैँमा शारीरिक तथा मानसिक वृद्धि हुने समय हो यो बेला आमा बन्ने बेला होइन’, खरेलले भन्नुभयो । भरतपुर अस्पताल प्रसूति विभाग प्रमुख डा. सुनिलमणि पोख्रेलले सानै उमेरमा आमा बने उसको शारीरिक तथा मानसिक वृद्धि रोकिने बताउनुहुन्छ ।
‘आमा बन्नका लागि परिपक्क उमेर बीस वर्ष नाँघेको हुनुपर्छ’, डाक्टर पोख्रेलले भन्नुभयो, ‘अनिच्छा र जबरजस्ती करणीमा परेका बालिकाहरु सानै उमेरमा आमा बनिरहेका छन् । यसले उनीहरुको मानसिक, शारीरिक वृद्धि रोकिन्छ ।’ यसरी सानै उमेरमा आमा बन्न बाध्य हुने किशोरीहरुको शिशु जन्माउँदा बढी रक्तश्राप हुने, बढी पीडा हुने र आफ्ना शिशुलाई हुर्काउन बढाउनसमेत नसक्ने उहाँको अनुभव छ ।
अहिले भरतपुर अस्पतालमा दैनिक चालीस जनाका हाराहारीमा सुत्केरी हुने गर्छन् । जसमध्ये टिन एज (१३ वर्षदेखि १९ वर्षसम्म) का पाँच÷छजना रहने गरेका छन् । डा. पोख्रेलले चितवनमा महिनामा एकजना जसो जबरजस्ती करणीबाट किशोरीहरु आमा बनिरहेको पनि जनाउनुभयो ।
अनौपचारिक क्षेत्र सेवाकेन्द्र ‘इन्सेक’ले प्रकाशन गर्न लागेको वर्ष पुस्तक २०१५ का लागि तयार पारिएको प्रतिवेदनमा विगत एक वर्षयता चितवनमा १८ जना किशोरी तथा बालिका जबरजस्ती करणीमा परेको उल्लेख छ । यो तथ्य जिल्ला प्रहरी कार्यालय चितवनलाई आधार बनाएर तयार गरिएको हो ।
इन्सेकको वर्ष पुस्तककी चितवन प्रतिनिधि सावित्री सापकोटा चितवनमा जबरजस्ती करणीमा पर्नेको संख्या अझै बढी हुने तर्क गर्नुहुन्छ । केही घटनाहरु पैसाको मोलमोलाई गरेर वा डर त्रासका कारण प्रहरीमै नआउने गरेकाले तथ्याङ्क अपूरो रहेको उहाँको दावी छ ।
महिला हिंसा नियन्त्रणका क्षेत्रमा लामो समयदेखि वकालत गर्दै आउनुभएकी अधिवक्ता फूलमाया रानाभाट भन्नुहुन्छ, ‘किशोर अवस्थामै कुमारी आमा हुँदा उसमा पर्ने असर त छँदैछ, पछि ती बालबच्चाको जन्म दर्ता तथा नागरिकता बनाउनसमेत कानुनी प्रकृया पु¥याउन  कठीन  छ ।’

Related Posts

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

Chitwan Post

छतबाट खसेर वृद्धाको मृत्यु

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

उपत्यकाको ट्राफिक व्यवस्थापनमा स्काउटका ‘स्वयंसेवक’

Discussion about this post

अन‌ि यो पनि

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
राजनीति

नेपाली कांग्रेसद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यही...

Read more
सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

सन् २०२० मा विपद्जन्य घटनाबाट पाँच हजार बढीको मृत्यु

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

पार्टीको आधिकारिकता हामीसँग छ : नेपाल

चितवनमा कोरोना सङ्क्रमित घट्दै

नेपालमा कोरोनाबाट थप ३०३ सङ्क्रमित, २८५ जना निको

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

चितवन पोष्टकर्मी खनालसहित पाँच जनालाई पुरस्कृत गरिने

साइट नेभिगेशन

  • अन्तर्वार्ता
  • अर्थ
  • कला
  • खेलकुद
  • पाठक पत्र
  • प्रमुख समाचार
  • प्रविधि
  • राजनीति
  • वाग्मती
  • विचार
  • विश्व
  • शिक्षा
  • समाचार
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • स्वास्थ्य

सम्पर्क

चितवन पोष्ट प्रकाशन प्रा. लि.
भरतपुर-१०, विद्युतरोड, हाकिमचोक
फोन : ०५६-५९५६२१ , ०५६-५९५६२४

विज्ञापनको लागि सम्पर्कः
९८६४२८०३१३, ९८६४२८०३१४, ९८५५०५१०९२
इमेल : chitwanpost@gmail.com

शाखा कार्यालयहरु

सौराहाचोक,टाँडी, फोनः ९८५५०८०२९१ (होमनाथ सापकोटा)
पर्सा: ९८४५१६०२९५ (प्रमिला अर्याल)
चनौली : ९८६५००५५९७ (रामशरण गैरे)
कावासोतीः ९८४३४०२६४४ (विन्दु न्यौपाने)
धादिङबेसीः ०१०–५२०६६५
दमौलीः ०६५–५६०८३९
डुम्रेः ०६५–६९०८०६
त्रिशूलीः ०१०–५६०५४७,९८५१०१४३९१

  • हाम्रो बारेमा
  • सम्पर्क
  • बिज्ञापन

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

No Result
View All Result
  • गृहपृष्‍ठ
  • समाज
  • राजनीति
  • अर्थ
  • विचार
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • विश्व
  • साहित्य
  • कला
  • खेलकुद
  • इ-पत्रिका

© २०२० चितवन पोष्ट - दैनिक समाचार पत्र | सर्वाधिकार सुरक्षित । वेब तथा होस्टिङ सेवा: नमस्टेक

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In