पिप्ले । पिप्ले गाविस वडा नं. ९ झुरझुरेमा बिहीबार बिहान बसको ठक्करबाट एक युवकको ज्यान गएको छ । रत्ननगरबाट लोथरतर्फ जाँदै गरेको ना ३ ख १३०४ नम्बरको बसले साइकलमा सवार भण्डारा–८ का २१ वर्षीय सुन्दर श्रेष्ठलाई ठक्कर दिँदा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा घाइते भएका श्रेष्ठको उपचारका लागि भरतपुर ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले बताएको छ । ठक्कर दिने बस नियन्त्रणमा लिए पनि चालक भने फरार रहेको र खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post