चितवनमा सोमबार १०५ जनामा कोरोना संक्रमण पुष्टि

अन‌ि यो पनि

चितवन । चितवनमा सोमबार भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा आइतबार ११२ जनामा संक्रमण पुष्टि भएको थियो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा वैशाख १३ गते परीक्षण गरिएका १११ नमुनामध्ये ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख मणिराम महतोले जानकारी दिएका छन् ।

संक्रमित हुनेहरुमा भरतपुर महानगर वडा नं १, ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १५, १६, २०, २५ र २६ का ७ महिला र १८ पुरुष गरी २५ जना रहेका छन् । यस्तै, माडी १ का १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, नवलपरासीको बुङ्लिङटार ६ का १ महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले जनाएको छ ।

यसैगरी, भरतपुर अस्पतालकै कोभिड प्रयोगशालामा परीक्षण गरिएका तनहुँको आँबुखैरेनी ३ का १ महिला, गोरखा पालुङ्टार ४ का १ पुरुष, दाङको तुलसीपुर ६ का २ पुरुष र १ महिला, बारा नीजगढ ६ का २ महिला र पर्सा ठोरी १ का १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा परीक्षण गरिएका १७२ नमुनामध्ये ७२ जनामा संक्रमण पुष्टि भएको माइक्रोबायोलोजी विभागका प्रमुख डा. अनुप पौडेलले जानकारी दिए ।

डा. पौडेलका अनुसार संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरका मात्रै २८ जना छन् । जसमा वडा नं १ का २ पुरुष, ३ का १ महिला र १ पुरुष, ४ का १ पुरुष, ७ का १ महिला, ९ का २ पुरुष र २ महिला, १० का ३ पुरुष र ५ महिला, ११ का १ पुरुष, १२ का १ महिला, १५ का १ महिला, १८ का २ महिला, १९ का १ पुरुष, २० का २ महिला, २१ का १ महिला र २४ का÷१ पुरुष रहेको चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालाले जनाएको छ ।

यसैगरी, रत्ननगर नगरपालिका वडा नं ४ का ३५ वर्षीय १ पुरुष, वडा नं ७ का ४६ वर्षीया १ महिला, ९ का ५५ वर्षीय १ पुरुष, १२ का २४ वर्षीया १ महिला र १३ का ३ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, खैरहनी नगरपालिकाको वडा नं ९ का २२ वर्षीया १ महिला र ११ का ७० वर्षीय १ पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी माडी नगरपालिकाको ५ मा ७४ वर्षीया १ महिला र ६ का ५५ वर्षीय १ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, राप्तीको ५ र ११ मा २ महिलामा संक्रमण पुष्टि भएको छ ।

नवलपुरको गैँडाकोट नगरपालिका वडा नं १ का १ पुरुष, ५ का १ महिला, १५ का १ पुरुष, देवचुली ३ का १ पुरुष, मध्यविन्दु ५ का १ महिला, कावासोती २ का १ महिला र १ पुरुष, ६ का १ महिला, हुप्सेकोट ४ का १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिएमसीको कोभिड ल्याबमा परीक्षण गराएका अन्य संक्रमितहरुमा गोरखाको भीमसेन ७ का १ पुरुष, पालुङटार ४ का १ पुरुष, शहीद ७ का १ पुरुष रहेका छन् ।

यस्तै, तनहुँ आँबुखैरेनी २ का १ पुरुष, ३ का १ महिला र १ पुरुष, बाग्लुङका १ पुरुष र १ महिला, बाराका नीजगढका १ महिला, लमजुङ दूधपोखरी २ का १ महिला, रौतहट १ का १ पुरुष, नुवाकोट ६ का १ पुरुष, काठमाडौँ २३ का २ महिला, ३२ का १ महिला, रुपन्देहीका १ पुरुष, कैलालीका १ पुरुष, मकवानपुरको हेटौँडा ७, ९ र १२ का ११ महिला र धनुषाका २ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया

मुख्य समाचार

बागमती सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

चितवन, ४ असार । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले यहाँको स्वास्थ्य कार्यालयलाई ३० प्रकारका औषधिसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको...

धेरै पढिएको

अन्य समाचार

प्रतिकृया