परासी । नवलपरासीमा लागुऔषधसहित पक्राउ परेका एक भारतीयसहित दुई जनालार्ई लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाई कारबाही प्रक्रिया अघि बढाइएको छ ।
पक्राउ पर्नेमा जिल्ला महाराजगन्ज गोविन्दपुर बस्ने वर्ष २२ का मोटरसाइकल चालक मोहम्मद इमरान र नवलपरासी सोमनी बस्ने वर्ष २४ का वैजनाथ कोहार रहेका छन् ।
युपी ५६ एम ६०१३ नम्बरको मोटरसाइकल चढी नवलपरासी आउँदै गरेका उनीहरूबाट तीनपत्ता २४ क्याप्सुल स्मास बरामद गरिएको थियो । उनीहरूविरूद्ध लागूऔषध ऐनअन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । रासस
Discussion about this post